मुख्य समाचार
अमेरिकाले गर्‍यो गाजाका जनताका लागि भिजिट भिसा बन्द
अमेरिकाले गर्‍यो गाजाका जनताका लागि भिजिट भिसा बन्द

: अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसका लागि भिजिट भिसा बन्द गरेको छ।



मन्त्रालयले विरामको अस्थायी उपचार र मानवीय आधारमा निश्चित भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षा गर्न भिजिट भिसा बन्द गरिएको जनाएको छ।


केही प्यालेस्टिनी अधिकार समूहले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्। प्यालेस्टिनी बाल राहत कोषले एक विज्ञप्ति जारी गर्दै भन्यो,ʻगाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकाहरूलाई उपचारका लागि संयुक्त राज्य अमेरिका ल्याउने हाम्रो क्षमतामा गम्भीर असर पार्नेछ।ʼ


अति दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले एक्समा भिसा कार्यक्रमको आलोचना गर्दै केही पोस्ट गरेकी थिइन्। उनले ट्रम्प प्रशासनलाई गाजाबाट आउने मानिसका लागि भिजिट भिसा बन्द गर्न आग्रह गरेकी थिइन्। त्यसपछि अमेरिकी विदेश विभागको नीतिमा परिवर्तन भएको हो।

प्यालेस्टिनी बाल राहत कोषले आफ्नो विदेश उपचार कार्यक्रम अन्तर्गत २०२४ मा गाजाबाट १६९ बालबालिकालाई बाहिर निकालेको बताएको छ। यी बालबालिकालाई उपचारका लागि मध्य पूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिका लगिएको थियो।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेदेखि करिब दुई वर्षदेखि चलिरहेको युद्धमा गाजाका अधिकांश अस्पताल ध्वस्त भएका छन्। यहाँका मानिसले खाद्यान्नको चरम अभावको सामना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...