मुख्य समाचार
काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख
काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख

— काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख भएको छ । भक्तपुरको बोडे नजिक मनोहरा खोलाको तटमा २८ गतेदेखि ३१ गतेसम्म यो चरा देखिएको थियो ।


यो चरा वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र सञ्जय था श्रेष्ठले मनोहरा खोलाको किनारमा देखेर तस्बिर खिचेका थिए । उनीहरुले वयस्क हुँदै गरेको पोथी चरा फेला पारेका हुन् ।

यो गृष्मकालीन आगन्तुक चरा हो । तर, थोरै संख्यामा रैथाने पनि छन् । पूर्वको कोशी टप्पुदेखि पश्चिमको शुक्लाफाँटा तराईको भूभागमा २ सय ५० मिटर उचाइसम्म अभिलेख भएको यो चरा काठमाडौं उपत्यकामा पहिलोपटक देखिएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

काठमाडौंमा भने एक हजार २ सय ५० मिटर उचाइमा देखिएको हो । यो चरा मार्च मध्यतिर नेपालमा आउँछ । मध्य अप्रिलतिर बल्ल आवाज निकाल्न थाल्छ । त्यसपछि प्रजननन लागि पाथी खोजेर ओथारो बस्छ । बचेरा हुर्काएर अक्टोबरतिर फर्केर जाने गरेको चराविद् बरालले बताए ।


प्रायः लुकेर बस्ने बानी भएको यो चराको तस्बिर खिच्न निक्कै गाह्रो हुन्छ । तर, प्रजननका बेला विशेष आवाज र झाडी बाहिर निस्कने गर्दा सजिलै देखिने गर्छ । यो चरा झाडी भएको घाँसे मैदान र काँसघारीमा बस्न मन पराउँछ ।



बढ्दो सहरीकरणसँगै मानवीय अतिक्रमण बढ्दा बासस्थान नष्ट हुँदै गएकाले यस्को संख्या तीव्र रुपमा घटिरहेको छ ।

'सुरुमा साउन २८ गते अर्कै चरा लागेको थियो,' तस्बिर खिच्ने वाइल्ड लाइफ फोटोग्राफर प्रताप गुरुङले भने, 'दुई दिनपछि खोज, अनुसन्धान र विज्ञलाई सोध्दा त दुर्लभ काँसे घाँसेचरी रहेछ । यसले आफूलाई चराकै क्षेत्रमा लाग्न थप उत्प्रेरित गरेको छ ।'

यो चरा नेपालमा पहिलोपटक सन् १९८६ मा चितवनको राप्ती नदी किनारमा आर यल फ्लेमिंग जुनियरले देखेको अभिलेख छ ।


बच्चा कोरल्ने समयमा भाले करिब २० मिटरभन्दा माथि उडेर गीत गाउँदै केही समय आफनो प्रजनन क्षेत्रमाथि फराकिलो गरी उड्ने र बिस्तारै तल झर्ने गर्छ ।

तराईमा पाइने चरा काठमाडौं उपत्यकामा अभिलेख भएसँगै चराको विविधता र अध्ययन फराकिलो बन्दै गएको छ । गृष्म आगन्तुक यो चरा गृष्मकालमा नेपालमा एक हजार ६ सयदेखि ३ हजार २ सयसम्म रहने अनुमान चराविद्ले गरेका छन् । गृष्म आगन्तुक चरा गणना गर्ने क्रममा सन् २०१२ अप्रिलमा कोशी टप्पुमा ४ सय ५८ वटा काँसे घाँसेचरी गणना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरिएको एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम ...
संगठनको नीति निर्माण गर्दै एमाले, विधान महाधिवेशनमा कति हुन्छन् सहभागी ?
: सुनसरीको धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्क जंगलमा प्रतिबन्धित लागुऔषध गाँजा कारोबार गर्ने पाँचजनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार उक्त स्थानमा गाँजा कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । गाजासहित पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपालिका-२० बस्ने ...
— समस्याग्रस्त चितुवा नियन्त्रण लिनुपर्ने मागसहित गुलरियाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । चितुवा नियन्त्रणमा लिएपछि मात्र शव बुझ्ने पनि उनीहरुको अडान छ । शुक्रबार साँझ गुलरिया नगरपालिका–१२ भैंसाही गाउँको पश्चिम खेतमा धान गोडिरहेको अवस्थामा चितुवाले आक्रमण गरी ४५ वर्षीया जगतरानी थारुको ज्यान लिएको थियो । धान खेतबाट घिसार्दै एक सय मिटर उखुबारीमा लगेर ...
: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शक्ति आर्जन गर्न फरक–फरक रणनीतिहरू अपनाएका छन्। एक : पार्टीलाई बलियो बनाउने। दुई : संयुक्त लोकतान्त्रिक मोर्चामार्फत पहिचान, अधिकार र संविधान संशोधन मागलाई शसक्त बनाउने। तेस्रो सरकारले संसद्बाट भूमि विधेक पारित गरे त्यसैको जगमा फेरि ‘मधेस विद्रोह’ चर्काउने। संयुक्त लोकतान्त्रिक मोर्चामै आबद्ध आधाभन्दा ...