मुख्य समाचार
दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलियाले गर्‍यो शृङ्खला कब्जा
दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलियाले गर्‍यो शृङ्खला कब्जा

: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शनिबार केर्न्सको केजली स्टेडियममा खेलिएको थियो। खेलमा आयोजक अष्ट्रेलियाले २ विकेटले रोमाञ्चक जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जित्नका लागि १७३ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाले एक बल बाँकी रहँदा हासिल गर्‍यो। यो जितसँगै अष्ट्रेलियालीले टी–२० शृङ्खला २–१ ले जितेको छ।



टी–२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाको जितका नायक ग्लेन म्याक्सवेल थिए। म्याक्सवेलले ३६ बलमा ८ चौका र २ छक्काको मद्दतले अविजित ६२ रन बनाए। त्यसपछि म्याक्सवेलले एन्गिडीको पाँचौँ बलमा चौका पठाएर आफ्नो टोलीलाई जित दिलाए।


लक्ष्य पछ्याउँदै ट्राभिस हेड र कप्तान मिचेल मार्शले अस्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिए। उनीहरुले पहिलो विकेटका लागि ६६ रन जोडे। मार्शले ३७ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ५४ रन बनाए भने हेडले १८ बलमा ३ चौका प्रहार गर्दै १९ रनको योगदान दिए। राम्रो सुरुवात पछि अष्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमायो र स्कोर ६ विकेटमा १२२ रन भयो। यहाँबाट ग्लेन म्याक्सवेलको जादुई इनिङले दक्षिण अफ्रिकालाई अफ्ठ्यारो भयो। दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले सर्वाधिक तीन विकेट लिए। क्वेना म्फाका र कागिसो रबाडाले दुई–दुई विकेट लिए।


दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङ गर्दै सात विकेटमा १७२ रन बनाएको थियो। डेवाल्ड ब्रेभिसले २६ बलमा ६ छक्का र १ चौका प्रहार गर्दै ५३ रन बनाए। रस्सी भान डेर डुसेनले २६ बलमा ३ चौका प्रहार गर्दै ३८ रनको योगदान दिए। ट्रिस्टन स्टब्स (२५ रन) र लुआन–ड्रे प्रिटोरियस (२४ रन)ले पनि उपयोगी इनिङ खेले। अस्ट्रेलियाका लागि नाथन एलिसले सर्वाधिक तीन विकेट लिए भने एडम जाम्पा र जोश हेजलवुडले दुई–दुई विकेट लिए।

टी–२० शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलियालीले १७ रनले जित हासिल गरेको थियो। यसपछि एडेन मार्करामको नेतृत्वमा रहेको दक्षिण अफ्रिकाले बदला लिँदै दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल ५३ रनले जित्यो। त्यसपछि अष्ट्रेलियाले तेस्रो खेल जितेर शृङ्खला कब्जा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम