मुख्य समाचार
कोशी प्रदेशको राजधानी विराटनगरमा ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै
कोशी प्रदेशको राजधानी विराटनगरमा ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै

: कोशी प्रदेशको राजधानी विराटनगरमा ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै छ । नेपालकै ठूलो र दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको ऐतिहासिक रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकाल्ने परम्परा छ ।



रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे निकालिने रथयात्राले विराटनगर बजारभित्रको ९ किलोमिटर दुरी तय गर्नेछ ।


यात्राको समापन राति ९ बजे हुने बताइएको छ । वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ । यात्रामा हजारौं भक्तजनहरू सहभागी हुन्छन् । रथयात्राका लागि कोशी प्रदेश सरकारले झापा मोरङ र सुनसरी जिल्लामा बिदा दिएको छ । रथयात्राले धार्मिक आस्था मात्र नभइ धार्मिक विश्वास,एकता र सामुदायिक भावनालाई बढावा दिँदै सामाजिक एकता र सद्भाव पनि बढाउँछ ।


विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना भयो । मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्न थालिएको इतिहास छ । राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीनपैनी, मेनरोड,ट्राफिक चोक,महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका क्रममा रथलाई ४३ स्थानमा विश्राम दिइनेछ । विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ ।

रथयात्राका क्रममा भक्तजनहरूले भगवानको दर्शन गर्न नपाएको गुनासो धेरै आएपछि यसपटक सबै जनाले देख्नेगरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । उनका अनुसार पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । विराटनगरका केही व्यक्तिहरूले विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास रहेको रेग्मीले बताए । २०२२ सालदेखि बायलगाडामा निकालिन थालियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ ।

रथयात्रा सुरु हुनुअघि करिब १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहने छन् । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने छ । रथयात्रामा स्वदेश तथा विदेश अर्थात् छिमेकी मुलुक भारतबाट हजारौं भक्तजनहरू आउने हुँदा सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सबै सुरक्षा निकायले सक्रियताका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने छन् । नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धानका साथै नेपाली सेनाबाट रथयात्रा र भक्तजनहरुको सुरक्षाको प्रबन्ध मिलाइएको छ । सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुने छैन ।’रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको यादवले बताए ।

‘रथयात्राका क्रममा चोरी, हुलहुज्जत तथा उच्छृङ्खल गतिविधि गर्नेहरु पनि आउँछन् । त्यस्ता गलत कार्यमा संलग्नलाई पक्राउ गर्न ठूलो संख्यामा हतियारसहितका र सादा पोसाकका प्रहरी परिचालन गरिने छ,’ उनले भने । अवाञ्छित गतिविधिमा संलग्नलाई तत्कालै पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरिएको एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम ...
संगठनको नीति निर्माण गर्दै एमाले, विधान महाधिवेशनमा कति हुन्छन् सहभागी ?
— काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख भएको छ । भक्तपुरको बोडे नजिक मनोहरा खोलाको तटमा २८ गतेदेखि ३१ गतेसम्म यो चरा देखिएको थियो । यो चरा वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र सञ्जय था श्रेष्ठले मनोहरा खोलाको किनारमा देखेर तस्बिर खिचेका थिए । उनीहरुले वयस्क हुँदै गरेको पोथी ...
: सुनसरीको धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्क जंगलमा प्रतिबन्धित लागुऔषध गाँजा कारोबार गर्ने पाँचजनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार उक्त स्थानमा गाँजा कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । गाजासहित पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपालिका-२० बस्ने ...
— समस्याग्रस्त चितुवा नियन्त्रण लिनुपर्ने मागसहित गुलरियाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । चितुवा नियन्त्रणमा लिएपछि मात्र शव बुझ्ने पनि उनीहरुको अडान छ । शुक्रबार साँझ गुलरिया नगरपालिका–१२ भैंसाही गाउँको पश्चिम खेतमा धान गोडिरहेको अवस्थामा चितुवाले आक्रमण गरी ४५ वर्षीया जगतरानी थारुको ज्यान लिएको थियो । धान खेतबाट घिसार्दै एक सय मिटर उखुबारीमा लगेर ...