मुख्य समाचार
सप्तकोसीमा डुबेर किशोरी बेपत्ता, एक जनाको मृत्यु
सप्तकोसीमा डुबेर किशोरी बेपत्ता, एक जनाको मृत्यु

: सप्तकोसी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्। सप्तकोसी नदी किनारामा हिँडिरहेका एक पुरुषको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरा-बराहक्षेत्र सडकमा स १० प ७८२१ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका सप्तरीका ३० वर्षीय जीवन साहलाई भीरबाट झरेको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए। मोटरसाइकलको पछाडि सवार रहेका सप्तरीकै धर्मेन्द्र कुमार साह सामान्य घाइते भएको उनले बताए।


त्यस्तै सप्तकोसी नदीमा डुबेर धरान उपमहानगरपालिका-१६ कि १९ वर्षीय अनिता राई बेपत्ता भएकी छिन। बाबू जीवन राई सङ्गै बराह क्षेत्र मन्दिरको दर्शन गरेर फर्कने क्रममा चतराघाटस्थित दुधपानी खोलामा मोटरसहित बाबुछोरीलाई खोलाले बगाएको थियो। खोलाको बाढीले बगाएर दुबैलाई ५० मिटरको दूरीमा रहेको सप्तकोसी नदीमा पुर्याएको थियो।


बाबु जीवनलाई भने स्थानीयले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरेका छन्। छोरी अनिता सप्तकोसीमा डुबेर बेपत्ता भएकी छिन्। उनको अवस्था अझै पत्ता लगाउन नसकिएको प्रहरी निरीक्षक कुँवरले बताए। अनिताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागि परेका छन्।

त्यस्तै चतरादेखि बराहक्षेत्र मन्दिर जाने सडक पहिरो खसेर अवरुद्ध भएको छ। पहिरोले सडक पुरेपछि बराह क्षेत्र मन्दिर दर्शन गर्न गएका तीर्थयात्रीहरू घर फर्कन पाएका छैनन्। पहिरोले पुरेको सडक पन्साएर सडक सुचारु गर्ने पहल भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरिएको एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम ...
संगठनको नीति निर्माण गर्दै एमाले, विधान महाधिवेशनमा कति हुन्छन् सहभागी ?
— काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख भएको छ । भक्तपुरको बोडे नजिक मनोहरा खोलाको तटमा २८ गतेदेखि ३१ गतेसम्म यो चरा देखिएको थियो । यो चरा वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र सञ्जय था श्रेष्ठले मनोहरा खोलाको किनारमा देखेर तस्बिर खिचेका थिए । उनीहरुले वयस्क हुँदै गरेको पोथी ...
: सुनसरीको धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्क जंगलमा प्रतिबन्धित लागुऔषध गाँजा कारोबार गर्ने पाँचजनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार उक्त स्थानमा गाँजा कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । गाजासहित पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपालिका-२० बस्ने ...
— समस्याग्रस्त चितुवा नियन्त्रण लिनुपर्ने मागसहित गुलरियाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । चितुवा नियन्त्रणमा लिएपछि मात्र शव बुझ्ने पनि उनीहरुको अडान छ । शुक्रबार साँझ गुलरिया नगरपालिका–१२ भैंसाही गाउँको पश्चिम खेतमा धान गोडिरहेको अवस्थामा चितुवाले आक्रमण गरी ४५ वर्षीया जगतरानी थारुको ज्यान लिएको थियो । धान खेतबाट घिसार्दै एक सय मिटर उखुबारीमा लगेर ...