मुख्य समाचार
गोंगबु बसपार्कको होटलमा युवतीको हत्या
गोंगबु बसपार्कको होटलमा युवतीको हत्या

: गत साउन २७ गतेदेखि हराइरहेकी काठमाडौंको बूढानीलकण्ठकी ललिता विक शुक्रबार राति बसपार्कको होटलमा मृत भेटिएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले होटलको कोठामा रहेको बेडभित्र उनको शव भेटिएको पुष्टि गरे।

एक वर्षे छोरीकी आमा ललिता असनको एक गार्मेन्टमा काम गर्थिन्। सधैंझै काममा जान भनेर उनी २७ गते बिहान ८ बजे एक वर्षे छोरीलाई छाडेर असन पुगेकी थिइन। त्यहाँ गएर केही काम गरेपछि उनी २ बजेतिर निस्किएकी थिइन। अन्य दिन खासै फोन नगर्ने उनका श्रीमान् सन्तोष सेन्चुरीले उक्त दिन ललितालाई पटक-पटक फोन गरेका थिए। साँझ ६ बजेसम्म ललिताको फोन लागिरहेकै थियो। साँझसम्म घर नपुगेपछि उनका आफन्त र माइतीले खोजी सुरु गरे।

२८ गते प्रहरी वृत महाराजगञ्जमा ललिता हराएको हुँदा खोजतलास गर्नका लागि निवेदन दिएका थिए। तर, हराएको ५ दिनसम्म पनि प्रहरीले फेला पार्न सकेन। नुवाकोट बस्ने मृतकको बुहारी अप्सरा विकले आफूहरूले सम्पूर्ण डिटेल्स प्रहरीलाई उपलब्ध गराउँदा पनि मृतकको श्रीमानलाई पक्राउ नगरेको बताइन। उनी भन्छिन्, ‘गार्मेन्टमा काम गरिरहेकी ललितालाई लिन उनका श्रीमान सन्तोष सेन्चुरी गएका थिए। उनले ललितालाई घुम्न जाऊ भन्दै फकाएर गोंगबु बसपार्कको होटलमा लगेर हत्या गरेका हुन्। सन्तोष ट्याक्सी चालक हुन्। दुई वर्षअघि मागी विवाह गरेका सन्तोष र ललितको १ वर्षीय छोरी पनि रहेकी छन्।

प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापाका अनुसार मृतकका श्रीमान पनि ललिता हराएको भन्दै प्रहरीमा आएका थिए। प्रहरी र आफन्तको साथमा श्रीमती खोज्न भन्दै सँगै हिँडेका थिए। बसपार्कको होटलको कोठामा गन्ध आएको अवस्थामा महिलाको शव भेटिएको सूचना प्रहरीमा आएपछि घटनाका विषयमा पत्ता लागेको थियो। सन्तोषले ललिताको हत्या गरेर होटलको बेडभित्र लाश लुकाएका थिए। उक्त कोठामा अन्य व्यक्ति बस्न जाँदा कोठामा गन्ध आएपछि होटल कर्मचारीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा कोठा खोजतलास गर्दा बेडभित्र ललिताको लाश भेटिएको हो।

सन्तोषले गोंगबु मित्रनगरमा रहेको कञ्चन कोशी होटल एन्ड लजको २०१ नम्बर कोठा बुक गरेर ललितालाई लगेका थिए। सोही दिन नै उनले ललितालाई कुटपिट गरी मुख थुनेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। राति सँगै बसेका जोडीहरू बिहान नदेखिपछि पैसा नतिरी फरार भए होलान भनेर होटल कर्मचारीले सन्तोषलाई फोन गरेका थिए। उनी मोबाइल अफ गरेर फरार भएका थिए।

मृतकको भाइ मोतिराम विश्वकर्मा भन्छन्, ‘दिदीको हत्या गरी प्रहरीसँगै खोजतलासमा हिँडेका सन्तोषलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन प्रहरीमा भनेका थियौ। तर प्रहरीले नै शंकाको आधारमा पक्राउ गर्न नमिल्ने बताएको थियो।’ बसपार्कमा महिलाको शव भेटियो भन्ने खबर सुन्नासाथ सन्तोष फरार रहेका छन्। आफूले हत्या गरेको लुकाउन र प्रहरीको विश्वास जित्न उनी आफैं प्रहरी कार्यालय धाइरहेका थिए।

काठमाडौं प्रहरी प्रवक्ता बोहोरा भन्छन्, ‘घटनाको प्रारम्भिक अनुसन्धानमा सन्तोषले नै ललिताको हत्या गरेको देखिन्छ। आफन्तका अनुसार केही महिनादेखि उनीहरूको सम्बन्धमा दरार आएको थियो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरिएको एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम ...
संगठनको नीति निर्माण गर्दै एमाले, विधान महाधिवेशनमा कति हुन्छन् सहभागी ?
— काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख भएको छ । भक्तपुरको बोडे नजिक मनोहरा खोलाको तटमा २८ गतेदेखि ३१ गतेसम्म यो चरा देखिएको थियो । यो चरा वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र सञ्जय था श्रेष्ठले मनोहरा खोलाको किनारमा देखेर तस्बिर खिचेका थिए । उनीहरुले वयस्क हुँदै गरेको पोथी ...
: सुनसरीको धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्क जंगलमा प्रतिबन्धित लागुऔषध गाँजा कारोबार गर्ने पाँचजनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार उक्त स्थानमा गाँजा कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । गाजासहित पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपालिका-२० बस्ने ...
— समस्याग्रस्त चितुवा नियन्त्रण लिनुपर्ने मागसहित गुलरियाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । चितुवा नियन्त्रणमा लिएपछि मात्र शव बुझ्ने पनि उनीहरुको अडान छ । शुक्रबार साँझ गुलरिया नगरपालिका–१२ भैंसाही गाउँको पश्चिम खेतमा धान गोडिरहेको अवस्थामा चितुवाले आक्रमण गरी ४५ वर्षीया जगतरानी थारुको ज्यान लिएको थियो । धान खेतबाट घिसार्दै एक सय मिटर उखुबारीमा लगेर ...