मुख्य समाचार
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत फेला
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत फेला

: रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत फेला परेका छन्।



सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल सो बैंकमा प्रबन्धकका रूपमा कार्यरत ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो अचेत अवस्थामा भेटिएका थिए।


जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो करिब २:५० बजे गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो।


चेकजाँचका क्रममा चिकित्सकले अपरान्ह ४:२० बजे गिरीको मृत्यु भइसकेको घोषणा गरेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरिएको एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम ...
संगठनको नीति निर्माण गर्दै एमाले, विधान महाधिवेशनमा कति हुन्छन् सहभागी ?
— काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख भएको छ । भक्तपुरको बोडे नजिक मनोहरा खोलाको तटमा २८ गतेदेखि ३१ गतेसम्म यो चरा देखिएको थियो । यो चरा वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र सञ्जय था श्रेष्ठले मनोहरा खोलाको किनारमा देखेर तस्बिर खिचेका थिए । उनीहरुले वयस्क हुँदै गरेको पोथी ...
: सुनसरीको धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्क जंगलमा प्रतिबन्धित लागुऔषध गाँजा कारोबार गर्ने पाँचजनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार उक्त स्थानमा गाँजा कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् । गाजासहित पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपालिका-२० बस्ने ...
— समस्याग्रस्त चितुवा नियन्त्रण लिनुपर्ने मागसहित गुलरियाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । चितुवा नियन्त्रणमा लिएपछि मात्र शव बुझ्ने पनि उनीहरुको अडान छ । शुक्रबार साँझ गुलरिया नगरपालिका–१२ भैंसाही गाउँको पश्चिम खेतमा धान गोडिरहेको अवस्थामा चितुवाले आक्रमण गरी ४५ वर्षीया जगतरानी थारुको ज्यान लिएको थियो । धान खेतबाट घिसार्दै एक सय मिटर उखुबारीमा लगेर ...