मुख्य समाचार
रवि लामिछाने नख्खु कारागार पुग्दा समर्थकहरूले लगाए नाराबाजी
रवि लामिछाने नख्खु कारागार पुग्दा समर्थकहरूले लगाए नाराबाजी

: सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई ललितपुरस्थीत नख्खु कारागार स्थानान्तरण गरिएको छ ।



लामिछानेलाई शनिबार रुपन्देही कारागारबाट नख्खु कारागार ल्याइएको हो। लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थल र नख्खु कारागार बाहिर ठुलो संख्यामा समर्थकहरू जम्मा भएका थिए।


नख्खु कारागार पुर्‍याउँदा लामिछाने समर्थकहरूले उनको पक्षमा नाराबाजी गरेका थिए।


लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका थिए।

लामिछानेले नख्खु कारागारमा स्थानान्तरणका लागि जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएकोमा अदालतले जेठ १६ गते अनुमति दिएको थियो।

अदालतले अनुमति दिएको लामो समयपछि कारागार व्यवस्थापन विभागले शुक्रबार स्थानान्तरणको निर्णय गरेपछि लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा
: बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित भएका छन्। कुल बालबालिकामध्ये १ हजार बढी बालबालिकालाई मात्र औषधि खुवाइएको छ। नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन (आयुर्वेद औषधि) खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। पहिलो चरणमा मंसिर २२ गते सञ्चालन गरिएको कार्यक्रममा ५०५ जना बालक र ५५० ...
पूर्वगृहमन्त्री लेखकले खाएको ‘मो:मो’माथि अख्तियारले अनुसन्धान गर्ला ?
सरकार-जेनजी सम्झौतापछि सुदनले भने- अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि चुनावमा जाउँला
। प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग भएको सम्झौतापत्र राजपत्रमा प्रकाशित हुने बताएकी छन् । बुधबार जेनजीसँगको सम्झौतापछि प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले सम्झौताको यो ऐतिहासिक रेकर्डले भोलि हुने परिवर्तनलाई समेत निर्देशित गर्ने बताइन् । अन्य समयमा भएका संघर्ष जस्तै जेनजी संघर्षको पहिचानलाई पनि यो डकुमेन्टले बलियो बनाउने उनको भनाइ थियो । उनले भनिन्, ‘२३ र २४ भदौमा ...