मुख्य समाचार
विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, कम्तीमा ३५ जना अस्पताल भर्ना
विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, कम्तीमा ३५ जना अस्पताल भर्ना

: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ। विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।



दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे। 'यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। उहाँहरूको मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन। तर, विषादीयुक्त मदिरा सेवन कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थाहा पाएका छौं,' अन्नपूर्ण पोस्टसँगको कुराकानीमा उनले भने। उनले मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको एकिन कारण जानकारी हुने बताए।


त्यस्तै मदिरा सेवनबाट अचेत बनेका करिब ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको सुविधा सम्पन्न अस्पतालहरूमा उपचार भइरहेको श्रम सहचारी आचार्यको भनाइ छ। 'कुवेत सरकारको फोकल पर्सनले सबै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराइरहेको जानकारी दिनुभएको छ। दूतावासले कतिपय अस्पतालमा आफैं गएर जानकारी लिएको छ भने फोनमार्फत पनि निरन्तर सम्पर्कमा छौं,' उनले भने।


उनले कुवेतमा मदिरा सेवन गैरकानुनी रहेको बताए। त्यसबारे नेपाली दूतावासले पनि निरन्तर खबरदारी गर्दै आएको बताए। 'हामीले पहिल्यैदेखि नै यहाँ मदिरा सेवन गैरकानुनी रहेको नेपाली श्रमिकहरूलाई जानकारी गराउँदै आएका छौं। त्यसका बाबजुद पनि दुःखद घटना घट्न पुग्यो,' उनले भने। उनले कुवेतमा रहेका नेपालीहरूलाई मदिरा सेवनबाट टाढा रहन अपील गरे।

यसैबीच कुवेतस्थित नेपाली दूतावासले यससम्बन्धी घटनाबारे जानकारी दिनका लागि हटलाइन सेवा सुरु गरेको छ। दूतावासले +96561008956 मा फोन गरेर यस विषयमा जानकारी लिन सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...