मुख्य समाचार
विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, कम्तीमा ३५ जना अस्पताल भर्ना
विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, कम्तीमा ३५ जना अस्पताल भर्ना

: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ। विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।



दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे। 'यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। उहाँहरूको मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन। तर, विषादीयुक्त मदिरा सेवन कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थाहा पाएका छौं,' अन्नपूर्ण पोस्टसँगको कुराकानीमा उनले भने। उनले मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको एकिन कारण जानकारी हुने बताए।


त्यस्तै मदिरा सेवनबाट अचेत बनेका करिब ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको सुविधा सम्पन्न अस्पतालहरूमा उपचार भइरहेको श्रम सहचारी आचार्यको भनाइ छ। 'कुवेत सरकारको फोकल पर्सनले सबै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराइरहेको जानकारी दिनुभएको छ। दूतावासले कतिपय अस्पतालमा आफैं गएर जानकारी लिएको छ भने फोनमार्फत पनि निरन्तर सम्पर्कमा छौं,' उनले भने।


उनले कुवेतमा मदिरा सेवन गैरकानुनी रहेको बताए। त्यसबारे नेपाली दूतावासले पनि निरन्तर खबरदारी गर्दै आएको बताए। 'हामीले पहिल्यैदेखि नै यहाँ मदिरा सेवन गैरकानुनी रहेको नेपाली श्रमिकहरूलाई जानकारी गराउँदै आएका छौं। त्यसका बाबजुद पनि दुःखद घटना घट्न पुग्यो,' उनले भने। उनले कुवेतमा रहेका नेपालीहरूलाई मदिरा सेवनबाट टाढा रहन अपील गरे।

यसैबीच कुवेतस्थित नेपाली दूतावासले यससम्बन्धी घटनाबारे जानकारी दिनका लागि हटलाइन सेवा सुरु गरेको छ। दूतावासले +96561008956 मा फोन गरेर यस विषयमा जानकारी लिन सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...