मुख्य समाचार
टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार
टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार

: टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

डार्विनको मरारा क्रिकेट मैदान २ मा भएको खेलमा नेपालले बंगलादेश एसँग ३२ रनले पराजित भएको हो। नेपालका मिडलअर्डर ब्याटर कुशल मल्लको अर्धशतकीय पारीले पनि नेपाललाई हारबाट बचाउन सकेन ।


बंगलादेश एले दिएको १८७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो ।


नेपालका लागि कुशल मल्लले ४७ बलमा सर्वाधिक ५९ रन बनाउँदै अविजित रहे। नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा १२ रन बनाउँदै पेभेलियन फर्किए। उनी हसन महमुदको बलमा क्याच आउट भए।

दोस्रो विकेट तेस्रो क्रममा आएका लोकेश बमको गयो। उनी ५.५ ओभरमा रकिबुल हसनको बलमा क्याच भए। ८.२ ओभरमा रोहित १० रन बनाउँदै रिपोन मण्डोलको बलमा क्याच भए।

१०.६ ओभरमा ओपनर ब्याटर आसिफ शेखको विकेट गयो। उनले २३ बलमा २८ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए। १२.४ र १२.५ मा लगातार नेपालको २ विकेट पतन भयो। दीपेन्द्र सिंह ऐरी र गुल्सन झा रकिबुल हसनको हातबाट एलबीडब्ल्यू भए।

१५.२ ओभरमा नेपालले ६ विकेट गुमाउँदै १०० रन पूरा गर्‍यो। १६.२ ओभरमा नेपालले सातौँ विकेटको रूपमा करण केसीलाई गुमायो। उनले ७ बलमा ६ रन बनाउँदै क्याच भए।

नन्दन यादव ९ बलमा १४ रन बनाउँदै अविजित रहे। नन्दन र कुशल मल्लले आठौँ विकेटका लागि ४७ रनको अविजित साझेदारी गर्दा पनि जितको लागि भने पर्याप्त भएन।

बंगलादेश ए को लागि बलिङ तर्फ रकिबुल हसनले सर्वाधिक ३ विकेट लिए। हसन महमुदले २ रिपोन मण्डल, टोफेल अहमदले १–१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। बंगलादेश एको लागि ओपनर ब्याटर जिसन आलमले ४५ बल खेल्दै सर्वाधिक ७१ रन बनाए।

६.३ ओभरमा ओपनर नैम शेख २५ रन बनाउँदै सन्दीप लामिछानेको बलमा रोहित पौडेलको हातमा क्याच भए। ११.३ ओभरमा १ विकेट गुमाउँदै बंगलादेश ए ले १०० रन पूरा गरेको थियो।

सैफ हसन १६ रन बनाउँदै रन आउट भए। नुरुल हसन सोहन ५ रनमा करण केसीको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। माहिदुल इस्लाम आकोन ७ रन बनाउँदै रिजन ढकालको बलमा गुल्सन झाको हातमा क्याच भए।

अफिफ होसिन ४८ रनमा अविजित र मृत्यून्जय चौधरी शून्यमा अविजित रहे। नेपालका लागि रिजन ढकालले सर्वाधिक २ विकेट लिए। सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान १–१ विकेट लिए।

नेपालले पहिलो खेलमा नर्थन टेरिटोरि स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। नेपालले तेस्रो खेल सोमबार मेलबोर्न स्टार्ससँग साँझ ७ः१५ मा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...