मुख्य समाचार
टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार
टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार

: टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

डार्विनको मरारा क्रिकेट मैदान २ मा भएको खेलमा नेपालले बंगलादेश एसँग ३२ रनले पराजित भएको हो। नेपालका मिडलअर्डर ब्याटर कुशल मल्लको अर्धशतकीय पारीले पनि नेपाललाई हारबाट बचाउन सकेन ।


बंगलादेश एले दिएको १८७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो ।


नेपालका लागि कुशल मल्लले ४७ बलमा सर्वाधिक ५९ रन बनाउँदै अविजित रहे। नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा १२ रन बनाउँदै पेभेलियन फर्किए। उनी हसन महमुदको बलमा क्याच आउट भए।

दोस्रो विकेट तेस्रो क्रममा आएका लोकेश बमको गयो। उनी ५.५ ओभरमा रकिबुल हसनको बलमा क्याच भए। ८.२ ओभरमा रोहित १० रन बनाउँदै रिपोन मण्डोलको बलमा क्याच भए।

१०.६ ओभरमा ओपनर ब्याटर आसिफ शेखको विकेट गयो। उनले २३ बलमा २८ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए। १२.४ र १२.५ मा लगातार नेपालको २ विकेट पतन भयो। दीपेन्द्र सिंह ऐरी र गुल्सन झा रकिबुल हसनको हातबाट एलबीडब्ल्यू भए।

१५.२ ओभरमा नेपालले ६ विकेट गुमाउँदै १०० रन पूरा गर्‍यो। १६.२ ओभरमा नेपालले सातौँ विकेटको रूपमा करण केसीलाई गुमायो। उनले ७ बलमा ६ रन बनाउँदै क्याच भए।

नन्दन यादव ९ बलमा १४ रन बनाउँदै अविजित रहे। नन्दन र कुशल मल्लले आठौँ विकेटका लागि ४७ रनको अविजित साझेदारी गर्दा पनि जितको लागि भने पर्याप्त भएन।

बंगलादेश ए को लागि बलिङ तर्फ रकिबुल हसनले सर्वाधिक ३ विकेट लिए। हसन महमुदले २ रिपोन मण्डल, टोफेल अहमदले १–१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। बंगलादेश एको लागि ओपनर ब्याटर जिसन आलमले ४५ बल खेल्दै सर्वाधिक ७१ रन बनाए।

६.३ ओभरमा ओपनर नैम शेख २५ रन बनाउँदै सन्दीप लामिछानेको बलमा रोहित पौडेलको हातमा क्याच भए। ११.३ ओभरमा १ विकेट गुमाउँदै बंगलादेश ए ले १०० रन पूरा गरेको थियो।

सैफ हसन १६ रन बनाउँदै रन आउट भए। नुरुल हसन सोहन ५ रनमा करण केसीको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। माहिदुल इस्लाम आकोन ७ रन बनाउँदै रिजन ढकालको बलमा गुल्सन झाको हातमा क्याच भए।

अफिफ होसिन ४८ रनमा अविजित र मृत्यून्जय चौधरी शून्यमा अविजित रहे। नेपालका लागि रिजन ढकालले सर्वाधिक २ विकेट लिए। सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान १–१ विकेट लिए।

नेपालले पहिलो खेलमा नर्थन टेरिटोरि स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। नेपालले तेस्रो खेल सोमबार मेलबोर्न स्टार्ससँग साँझ ७ः१५ मा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...