मुख्य समाचार
प्रीमियर लिग सुरु हुँदै
प्रीमियर लिग सुरु हुँदै

: यो सातादेखि प्रीमियर लिग सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शुक्रबार एन्फिल्डमा बोर्नमाउथको सामना गर्दैछ।

म्यान्चेस्टर युनाइटेडले आर्सनलको स्वागत गर्नेछ भने लिड्स युनाइटेडले इभर्टनलाई स्वागत गर्दै शीर्ष लिगमा फर्किने लक्ष्यमा छन्।


प्रीमियर लिगको २०२५–२६ सिजनमा केही नयाँ परिवर्तन भएका छन्। यो सिजनमा धेरै रोचक र नयाँ अनुभव हुने जनाइएको छ।


नयाँ प्रबंधक र खेलाडी
अन्जे पोस्टेकोग्लूको सिजनपछि टोटेनह्यामका प्रबंधकको रूपमा थमस फ्रैंक नियुक्त भएका छन्। लिभरपुलले जर्मन मिडफिल्डर फ्लोरियन विर्ट्जलाई १०० मिलियन पाउन्डमा टिममा ल्याएको छ। स्ट्राइकर एलेक्जान्डर इसाक र ह्युगो एकिटिके पनि नयाँ खेलाडी हुन्। आर्सनल र म्यान्चेस्टर युनाइटेडले पनि नयाँ स्ट्राइकरहरू भित्र्याएका छन्।

नयाँ टोली
लिड्स युनाइटेड, बर्नली र सन्डर्ल्याण्डले च्याम्पियनशिप जितेर प्रिमियर लिगमा फर्केका छन्।

काननी परिवर्तन
गोलकिपरले ८ सेकेन्डभन्दा बढी बल थामेमा विपक्षीलाई कोर्नर दिइनेछ। यस्तै, केवल क्याप्टनलाई रेफ्रीसँग कुरा गर्न अनुमति हुनेछ र खेलाडीहरूले रेफ्रीसँग असम्मानजनक व्यवहार गर्दा येलो कार्ड पाउनेछन्।

टेलिभिजनसँग सम्झौता
प्रिमियर लिगले ६.७ बिलियन पाउन्डको नयाँ चार वर्षीय घरेलु टेलिभिजनसँग सम्झौता गरेको छ। स्काई र टिएनटीलाई २७० खेलको लाइभ प्रसारण गर्ने अधिकार दिएको छ।

रेफ क्याम
यस सिजनमा रेफ्रीले क्यामरा लगाउनेछन्। यसले दर्शकलाई नयाँ दृष्टिकोणमा खेलको क्रियाकलाप देखाइनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम