मुख्य समाचार
टप एण्ड टी-२० सिरिजअन्तर्गत अष्ट्रेलियामा भएको खेलमा नेपाल ४२ रनले पराजित
टप एण्ड टी-२० सिरिजअन्तर्गत अष्ट्रेलियामा भएको खेलमा नेपाल ४२ रनले पराजित

: नेपाल नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ। टप एण्ड टी-२० सिरिजअन्तर्गत अष्ट्रेलियामा भएको खेलमा नेपाल ४२ रनले पराजित भएको हो।



एनटी स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। उनले २५ बल खेल्दै क्याच भए।


पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै बोल्ड भए। उनी ३.१ ओभरमा म्याट ह्यामोन्डले बोल्ड गरेका हुन्। तेस्रो क्रममा आएका लोकेश बम ह्यामोन्डको बलमा क्याच हुँदै डकआउट भए। ५.४ ओभरमा अर्का ओपनर आशिफ शेख १४ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए। नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै २५ रन बनाएको छ। नेपालका कप्तान रोहित पौडेल २० बलमा २३ रन बनाउँदै बाउन्ड्रीमा क्याच भए।


१५.४ ओभरमा ५ विकेट गुमाउँदै नेपालले १०० रन पूरा गरेको थियो। गुल्सन झा ९ बलमा २६ रन पूरा गर्दै बोल्ड भए। उनी १७ ओभरको अन्तिम बलमा हामिस मार्टिनको बलमा बोल्ड भए। दिपेन्द्र सिंह ऐरी २३ बलमा १९ रन बनाउँदै क्याच भए। रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे।

एनटी स्ट्राइकको लागि म्याट ह्यामोन्डले नेपालको ३ विकेट लिए। उनलाई केन रिचारसन र टम एन्ड्रिजले समान २-२विकेट लिँदा हामिस मार्टिनले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको एनटी स्ट्राइकको लागि लागि डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनलाई ८.४ ओभरमा सन्दपि लामीछानेले बोल्ड आउट गरेका हुन्। ज्याक वेथरहाल्डले ११ रन बनाए। उनी ३.४ बलमा रुपेश कुमार सिंहको बलमा सोमपाल कामीको हातमा क्याच भए। कनर क्यारोलले १८ रन बनाउँदै साहब आलमको हातबाट बोल्ड भए। जोर्डन सिल्कले १९ रन बनाउँदै दिपेन्द्रको हातबाट बोल्ड भए।

क्याडेल म्याकमोहन १८.२ ओभरमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए। उनले १२ बलमा १२ रन बनाए। टम एन्ड्रिज ३२ रनमा अविजित रहे। हामिस मार्टिन २ रनमा अविजित रहे।
नेपालका लागि बलिङमा सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए।

नेपालले सिरिजको दोस्रो खेल बंगलादेश ‘ए’ सँग शनिबार दिउँसो ३:१५ मा खेल्नेछ। जारी प्रतियोगितामा ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम