मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै छन् । अलजजिराका अनुसार अलास्कामा स्थानीय समयअनुसार बिहान ११ : ३० बजे (नेपाली समय शनिबार बिहान सवा १ बजे) दुई नेताबीच वार्ता सुरु हुनेछ ।


रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक दूत किरिल दिमित्रिएभ वार्तामा सहभागी हुनेछन् । अमेरिकातर्फबाट उपराष्ट्रपति जेडी भान्स, अमेरिकी विदेशमन्त्री मार्को रूबिओ, ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसेन्ट, रक्षामन्त्री पिट हेगसेथ रहनेछन्।

बहुप्रतीक्षित यो वार्ताले विश्वको ध्यान खिचेको छ । वार्तालाई दुई हिसाबले चर्चित मानिएको छ ।

पहिलो हो- रुस-युक्रेन युद्ध ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका क्रममा आफू राष्ट्रपतिमा विजयी भए २४ घण्टामै रुस-युक्रेन युद्ध अन्त्य गर्ने भनेका थिए । तर उनी निर्वाचित भएको ९ महिना बितिसक्दा पनि उनले आफ्नै भनाइ पूरा गर्न सकेका छैनन् ।

ट्रम्पले युद्धविरामका लागि पहल नगरेका भने होइनन् । उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्हाइट हाउसमै बोलाएर वार्ता गरेका थिए । तर त्यो वार्ता सफल हुन भने सकेन । बरु राष्ट्रपति जेलेन्स्कीसँग देखाएको स्वभावका कारण उनी विश्वभर आलोचित बन्न पुगे ।

निर्वाचित भएपछि ट्रम्प पहिलोपटक पुटिनलाई भेट्दै छन्, जसकारण पनि भेटलाई चासोपूर्वक हेरिएको छ । यो वार्तामा उनले युद्धविरामबारे छलफल गर्ने बताइसकेका थिए । युद्धविराममा सहमति नगरे रुसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् । त्यसकारण पनि युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको छ ।



दोस्रो महत्वपूर्ण हुनुको दोस्रो कारण हो- भेटघाटस्थल, अलास्का ।

अलास्का पहिले रुसको एक हिस्साको रुपमा चिनिन्थ्यो । अलास्का विगत १५० वर्षदेखि अमेरिकाको हिस्साका रुपमा रहँदै आएको छ । १८औँ शताब्दीमा रुसी साम्राज्यले उपनिवेश बनाएपछि सन् १८६७ मा रुसले ७.२ मिलियन डलरमा अमेरिकालाई बेचेको थियो । यो रुसको सबैभन्दा नजिकको अमेरिकी भूभाग हो । जसकारण आज पनि अलास्कामा रुसी संस्कृतिका अवशेषा देखिन्छन् ।

भेटवार्ता आलास्कामै किन ?

दुई राष्ट्रपतिको अलास्कामा हुने भेट एक कूटनीतिक निर्णय रहेको विश्लेषकहरु बताउँछन् । अलास्का र रुसबीचको दुरी केवल ८८ किलोमिटर मात्रै छ । जसले पुटिनलाई सहजै बनाएको एकातर्फको तर्क छ ।

अर्कोतर्फ अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य होइन । पुटिनविरुद्ध आइसीसीको वारेन्ट भएका कारण पनि यो सुरक्षित स्थानका रुपमा लिइएको छ । अलास्कामा ट्रम्पसँग भेटका लागि पुटिन दशकपछि अमेरिकी भूमिमा टेक्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...