मुख्य समाचार
नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने
नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने

। नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने भएको छ । यो प्रावधानलाई बाध्यकारी बनाउने गरी पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको छ ।

प्रस्तावित विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज र व्यापारिक पानीजहाज भनेर दुई प्रकृतिको परिकल्पना छ । व्यापारिक पानीजहाज नेपाल बाहिरको समुन्द्रमा सञ्चालन हुनेछ ।

प्रस्तावित विधेयकमा झण्डा राख्खु पर्ने सम्बन्धी छुट्टै दफा छ । जहाँ भनिएको छ, ‘यस ऐन बमोजिम दंर्ता भएको प्रत्येक व्यापारिक पानीजहाजमा पानीजहाजको आकारको अनुपातमा कार्यालयले स्वीकृत गरेको आकारको नेपालको झण्डा राखु पर्नेछ ।’

नेपालको झण्डा पानीजहाजको राष्ट्रियताको चिह्न हुनेछ । नेपालको झण्डाले पानीजहाजलाई विदेशी बन्दरगाह वा समुद्रमा रहँदा अन्तर्राष्ट्रिय महासन्धि बमोजिमको सुविधा तथा सम्मानको अधिकार प्राप्त हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको हत्या उनकै घरमा चोरीको क्रममा भएको खुलेको छ । हत्या आरोपमा चोरी गर्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ...
। पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक अघि बढाउने प्रतिनिधिसभाको कार्यसूची अन्तिममा रोकिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर, अन्तिममा यो विषयलाई सभामुख देवराज घिमिरेले कार्यसूचीबाट ...
। विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो । ‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने । एमाले सांसद ...
। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए । आफूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताए । तर, हिजो मात्रै प्रधानमन्त्री ओलीले ...
। तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएका हुन् । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूको मोति क्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको डुम्रेको लक्ष्मी अस्पतालमा ...