मुख्य समाचार
विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ
विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ

। विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो ।

‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने ।

एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदन अघिल्लो बैठकमा परिमार्जनसहित पारित गरेपछि समिति सचिवालयले प्रतिवेदन तयार पारेको हो । तर विधेयकमा अझै केही विषय मिल्न बाँकी छ ।

२२ साउनमा बसेको समितिको बैठकले नमिलेका विषय परामर्श समन्वय उपसमितिबाट सहमति जुटाउने निर्णय गरेको थियो ।

निजी विद्यालयको पूर्ण छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा राख्ने कि नराख्ने भन्ने विषयमा विवाद छ । निजी विद्यालय सञ्चालकहरूले छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा नदिने बताउँदै आएका छन् । तर, सांसदहरूले दिनुपर्ने मत राखिरहेका छन् । अब यो विषय शिक्षा मन्त्रालयसहित परामर्श समन्वय उपसमितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।

बिहीबार परामर्श उपसमितिको बैठक बोलाइएको थियो । तर शिक्षामन्त्री रघुजी पन्त कार्य व्यस्तताका कारण बैठकमा सहभागी भएनन् । जसका कारण बैठकले कुनै निर्णय लिन सकेन । छिट्टै अर्को बैठक बोलाउने समितिको तयारी छ ।

विधेयकमा नेपाल शिक्षक महासंघले पनि सहमति अनुसार नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

परामर्शको बैठक बसेर नमिलेको विषयमा टुंगो लगाएपछि समितिको बैठक बोलाएर सदस्यहरूलाई अध्ययनका लागि प्रतिवेदन दिइने छ ।

समिति सदस्यहरूले प्रतिवेदन अध्ययन गरेपछि कुनै त्रुटि भएमा सच्याएर विधेयक समितिबाट पारित गरिनेछ । पारित भएको प्रतिवेदन संसद्‍मा पेस गरिनेछ । यसका लागि अब २ वटा बैठक बोलाउने तयारी समितिको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको हत्या उनकै घरमा चोरीको क्रममा भएको खुलेको छ । हत्या आरोपमा चोरी गर्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ...
। नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने भएको छ । यो प्रावधानलाई बाध्यकारी बनाउने गरी पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको छ । प्रस्तावित विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज र व्यापारिक पानीजहाज भनेर दुई प्रकृतिको परिकल्पना छ । व्यापारिक पानीजहाज नेपाल बाहिरको ...
। पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक अघि बढाउने प्रतिनिधिसभाको कार्यसूची अन्तिममा रोकिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर, अन्तिममा यो विषयलाई सभामुख देवराज घिमिरेले कार्यसूचीबाट ...
। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए । आफूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताए । तर, हिजो मात्रै प्रधानमन्त्री ओलीले ...
। तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएका हुन् । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूको मोति क्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको डुम्रेको लक्ष्मी अस्पतालमा ...