मुख्य समाचार
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ

। नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ ।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली आएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए ।




सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे टोलीले अध्ययन गर्ने कार्यकारी निर्देशक डा. पौडेलले बताए । क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औं टोलीका प्रमुख रहेका डा. चाहु क्वीमिङ्गको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएको हो ।

बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणको कामलाई यथाशक्य छिटो थालनी गर्ने गरी काम अगाडि बढाउने बातावरण तयार गरिने बताए ।



उनका अनुसार अस्पतालको मुख्य बिरामी भवनको छेउमा नै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिनेछ । क्यान्सर अस्पतालमा १ हजार ८३४ वर्गमिटर क्षेत्रमा बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक उपकरण जडान हुने छ । सो भवनको निर्माण, उपकरण र आवश्यक तालिम पछि मात्रै अस्पताललाई हस्तान्तरण हुने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।

अहिले वातावरणीय प्रभाव मूल्यांकनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको छ ।

काम सुरु गरेको तीन वर्ष भित्र बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सकिने भनेर चिनियाँ टोलीले जानकारी दिएको कार्यकारी निर्देशक पौडेलले बताए । सबै पूर्वाधार तयार भए एक वर्षमा ५० जनामा बोनम्यारो प्रत्यारोपण गर्न सकिने विश्वास अस्पतालको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०८० साल असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

त्यससम्बन्धी सम्झौता पत्रमा २०८१ साल असोज १४ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुन र अर्थसचिव मधुकुमार मरासिनीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने र त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम दिनका लागि आर्थिक सहायता उपलब्ध गराउने उल्लेख थियो ।

त्यसपछि यसै वर्ष साउन ५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा चिनियाँ प्रतिनिधिसँग चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा अर्थसचिव घनश्याम उपाध्याय र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का प्रतिनिधिबीच हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको हत्या उनकै घरमा चोरीको क्रममा भएको खुलेको छ । हत्या आरोपमा चोरी गर्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ...
। नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने भएको छ । यो प्रावधानलाई बाध्यकारी बनाउने गरी पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको छ । प्रस्तावित विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज र व्यापारिक पानीजहाज भनेर दुई प्रकृतिको परिकल्पना छ । व्यापारिक पानीजहाज नेपाल बाहिरको ...
। पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक अघि बढाउने प्रतिनिधिसभाको कार्यसूची अन्तिममा रोकिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर, अन्तिममा यो विषयलाई सभामुख देवराज घिमिरेले कार्यसूचीबाट ...
। विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो । ‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने । एमाले सांसद ...
। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए । आफूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताए । तर, हिजो मात्रै प्रधानमन्त्री ओलीले ...