मुख्य समाचार
मधेश प्रदेश जाँदै
मधेश प्रदेश जाँदै

। प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।

आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनमा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

यो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सन्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८.३८४ किलोमिटर सडक कालोपत्रे गरिने छ । यसको जिम्मा ढुकुछु निर्माण कम्पनी प्रा.लिले पाएको छ ।

भ्याटसहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा बजेटमा बन्न लागेको यो सडक २०८३ चैत ११ गतेसम्म निर्माण गर्ने सम्झौता भएको छ ।

धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको हत्या उनकै घरमा चोरीको क्रममा भएको खुलेको छ । हत्या आरोपमा चोरी गर्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ...
। नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने भएको छ । यो प्रावधानलाई बाध्यकारी बनाउने गरी पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको छ । प्रस्तावित विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज र व्यापारिक पानीजहाज भनेर दुई प्रकृतिको परिकल्पना छ । व्यापारिक पानीजहाज नेपाल बाहिरको ...
। पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक अघि बढाउने प्रतिनिधिसभाको कार्यसूची अन्तिममा रोकिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर, अन्तिममा यो विषयलाई सभामुख देवराज घिमिरेले कार्यसूचीबाट ...
। विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो । ‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने । एमाले सांसद ...
। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए । आफूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताए । तर, हिजो मात्रै प्रधानमन्त्री ओलीले ...