मुख्य समाचार
रञ्जिता नै नाउपा अध्यक्ष भएको आयोगको निर्णयपछि रेशम पक्ष अन्योलमा
रञ्जिता नै नाउपा अध्यक्ष भएको आयोगको निर्णयपछि रेशम पक्ष अन्योलमा

। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ कायम रहने निर्णय लिएपछि पार्टी संरक्षक रेशम चौधरी पक्षको औपचारिक कुनै निर्णय आएको छैन ।

१४ र १५ साउनमा काठमाडौंमा राष्ट्रिय भेला बोलाएर रेशम पक्षधरले पार्टी अध्यक्ष रञ्जितालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । रञ्जितालाई पदमुक्त गरेर लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाइएको थियो ।




पार्टी अध्यक्ष रञ्जितालाई पदीय भूमिकाबाट हटाउने प्रस्ताव भेलामा उपस्थितले सर्वसम्मत पारित गरेका थिए ।

केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायतको भेला गरेर रञ्जितालाई पदमुक्त गर्नेगरी निर्णय भएको थियो । भेलामा अनुपस्थित रञ्जिताले अवैध सम्मेलन भनेर प्रतिक्रिया दिएकी थिइन् ।



पूर्वभूमि व्यवस्थामन्त्री समेत रहेकी रञ्जितालाई पदमुक्त गर्नका लागि रेशम पक्षधरले पाँच कारण देखाएको थियो । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा उनी समेत मुछिएकी थिइन् ।

पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी रञ्जिता र मन्त्रीलाई पैसा बुझाउने व्यक्तिसँग निरन्तर संवाद भएको खुलेको थियो । पूर्वमन्त्री रञ्जिताले पोखराका बिचौलियासँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएकी थिइन् । त्यही प्रकरणमा रञ्जितालाई अख्तियारले बयानका लागि बोलाएको थियो । पार्टी बैठक आह्वान गर्न पटक-पटक आग्रह गरे पनि नबोलाएको भन्दै रेशम पक्षधर उनीसँग रुष्ट थिए । उनीमाथि उठेका प्रश्नको स्पष्टीकरण सोधे पनि रञ्जिताले जवाफ भने दिइनन् ।

विवादै विवादमा मुछिएकी उनलाई विधि पुर्‍याएर कारबाही गरेको रेशम पक्षधरले दाबी गरेपनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन ।

पार्टी अध्यक्ष परिवर्तन गरेको निर्णय र पदाधिकारीमा भएको हेरफेरबारे निर्वाचन आयोगलाई जानकारी गराए पनि त्यसलाई आयोगले मान्यता दिएन । नाउपाको विषयमा निर्णय लिन मंगलबार बसेको आयोगका पदाधिकारी बैठकले रञ्जिता नै अध्यक्ष रहेको निर्णय लिएको हो ।

निर्वाचन आयोगको निर्णय बारेमा संरक्षक रेशम पक्षको बैठक बसेर मात्रै जानकारी आउने महासचिव ठाकुरसिंह थारूले जानकारी दिए ।

‘अहिले के भन्नु र ? हाम्रो बैठक बसेको छैन । भोलि रेशम जी बर्दिया आउनुहुन्छ । छलफल गरेर केही भन्न सकिएला,’ महासचिव थारूले भने ।

निर्वाचन आयोगको निर्णयले एकपक्ष उत्साहित र अर्को पक्ष निरुत्साहित हुने अवस्था बनेको थारूले बताएका छन् ।

आयोगको निर्णयबारे प्रतिक्रिया दिँदै महासचिव थारूले कसैको जित कसैको हारको विषय नभएको बताए ।

‘आयोगको निर्णयले सबै नेता तथा कार्यकर्ताहरूलाई एकबद्ध भएर हिँड्नुको विकल्प नभएको सन्देश दिएको छ । आयोगको निर्णयलाई सबैले स्वीकार गर्दै पार्टीको अगामी कार्यक्रम, नीति र पद्धतिका लागि एकजुट हुनु आजको आवश्यकता हो,’ थारूले सामाजिक सञ्जालमा लेखेका छन् ।

नाउपामा पार्टी नेताहरूले केन्द्रीय समितिको बैठक आह्वान गर्न अध्यक्ष रञ्जितालाई आग्रह गरे पनि उनले वेवास्ता गर्दै आएको बताउँदै आएका छन् ।

आयोगको निर्णयपछि अध्यक्ष रञ्जिताले केन्द्रीय समितिको बैठक बोलाउने अपेक्षा महासचिव थारूले गरेका छन् ।

अध्यक्षले विगतको कमजोरीमाथि निर्मम आत्मसमीक्षा गरी नयाँ कार्यदिशा तय गर्ने आशा उनले गरे ।

‘छुटेका केन्द्रीय पदाधिकारीलाई निर्वाचन आयोगमा अद्यावधिक गराई सबैलाई समेट्नु हुने नै छ । हामी नेता तथा कार्यकर्ताले रञ्जिता, संरक्षक रेशम, लालबीर ज्यू, जो सुकै हुन अध्यक्षका रूपमा स्वीकार गरेकै छौँ । हाम्रो एउटै चाहना हो, तपाईंहरूबीच हुने विवाद अन्त्य होस्,’ थारूले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...