मुख्य समाचार
धनुषामा गोली चलाएर प्रहरीले समातेका लागुऔषध कारोबारी दुई पटक कारागार चलान भएका व्यक्ति रहेको खुलेको छ
धनुषामा गोली चलाएर प्रहरीले समातेका लागुऔषध कारोबारी दुई पटक कारागार चलान भएका व्यक्ति रहेको खुलेको छ

। धनुषामा गोली चलाएर प्रहरीले समातेका लागुऔषध कारोबारी दुई पटक कारागार चलान भएका व्यक्ति रहेको खुलेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले गोली चलाएर समाएका दुई मध्ये एक पुरुष दुई पटक कारागार बसेको पाइएको हो ।




ब्युरोले बुधबार दिउँसो गोली चलाएर धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर घर भएका ४८ वर्षीय पप्पु साह र बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालकी २७ वर्षीया सेलोदेवी रामलाई पक्राउ गरेको थियो ।

ब्युरोले एक राउन्ड हवाई फायर गरेको थियो भने एक राउन्ड गोली पप्पुको दाहिने खुट्टामा लागेको बताइएको छ । लागुऔषध खैरो हेराइन कारोबार गर्न लागेको भन्ने सुराकीका आधारमा खटिएको ब्युरोको टोलीले उनीहरूलाई मिथिला नगरपालिका–२ नक्टाझिजबाट पक्राउ गरेको हो ।



पक्राउ पर्नेक्रममा प्रहरीमाथि आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको ब्युरोले बताएको छ ।

पक्राउ परेका उनीहरू मध्ये पप्पु यसअघि दुई पटक कारागार चलान भएका व्यक्ति रहेको पाइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि २०६१ सालमा ब्युरोले नै उनलाई लागुऔषधको कसुरमा मुद्दा चलाएको थियो । त्यतिबेला उनी पाँच वर्ष कारागार बसेर छुटेका थिए ।

त्यसपछि २०७९ सालमा प्रहरी वृत्त थानकोटलाई उनलाई लागुऔषधकै कसुरमा मुद्दा चलाएको थियो । १३ जेठ २०७९ मा पक्राउ परेका उनी २ वर्ष कैद बसेर करिब ९ महिनाअघि मात्रै छुटेका थिए ।

त्यसपछि फेरि लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको थियो । उक्त टोलीले पक्राउ गर्ने क्रममा आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बताइएको छ ।

पप्पुबाट १०८ ग्राम र सेलोदीबाट १०० ग्राम खैरो हेरोइनले तौलने डिजिटल तराजु समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...