मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आर्जन गरेको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको छ । त्यसैले उनीविरुद्ध सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ आशा कुमारी यादवलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

पर्यटन विभागका निर्देशक (सी.डी.ई.) यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

यादवको शुरू नियुक्ति भएको मिति २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा उनको र उनको एकाघर परिवारका सदस्यहरूले कूल.२ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँ ७२ पैसा आर्जन गरेको देखिएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।



आयोगका अनुसार सोही जाँच अवधिमा उनको खर्च र बैंक मौजदात समेत गर्दा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी गरेको देखिएको छ ।

त्यसैले जाँच अवधिमा उनको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको आयोगको ठहर छ । त्यसैले आयोगले त्यति नै रकम विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आफ्नै छोरालाई चक्कु प्रहार गरी भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) पक्राउ परेका छन्। डोटी घर भइ हाल सिनामंगलमा बस्दै आएका २९ वर्षीय (असइ) पुष्कर कार्कीलाई प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आफ्नै छोराको हत्या गरी भाग्दै गरेका कार्कीलाई थानकोटबाट पक्राउ गरिएको जानकारी दिए। बिरामी छोराको उपचारका विषयमा कार्की ...
: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले जनमत संग्रहको माग गरेका हुन्। त्यस सम्बन्धमा प्रधानमन्त्री कार्कीले पुस २ गते निर्णय सुनाउने प्रसाईंले जानकारी दिए। 'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं। प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले भने। उनले प्रधानमन्त्री कार्कीले ...
: निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले आज विज्ञप्तिमार्फत यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको हो। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने बताए। आगामी फागुन २१ गते ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...