मुख्य समाचार
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ

। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो ।

आयोगले रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार पदाधिकारी हेरफेरको अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् । प्रवक्तामा मनिष झा छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्रै रहेको अद्यावधिक गरिएको छ ।


सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा अनुसार उनी केन्द्रीय सदस्य मात्रै छिन् ।

अद्यावधिक गरिएको सूचीमा योजना आयोग पूर्व सदस्य अरनिको पाँडे समेत छन् ।



निर्वाचन आयोगले रास्वपामा पदाधिकारीमा भएको हेरफेर नभएको जानकारी गराएपछि त्यसको आधारमा पूर्वमहामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत गएका थिए । ढकालको रिट सर्वोच्चले मंगलबार खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् । सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाल–जर्मनी सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै जोशीले व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवर्द्धन, नेपाली श्रमिकको हकहित संरक्षण र व्यवस्थित श्रम आप्रवासनमा सक्रिय भूमिका खेल्ने बताइन् । सन् २०२८ मा नेपाल र जर्मनीबीच ...
। विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग गरेका छन् । गत भदौ १० मा आएको रसुवा बाढीका कारण विस्थापित भएकाहरूलाई उचित वासस्थानको व्यवस्था नभएको भन्दै आधा दर्जन संघसंस्थाले मंगलबार संयुक्त विज्ञप्तीमार्फत् यस्तो माग गरेका हुन् । ‘घर पूर्ण वा आंशिक रूपमा क्षति भएका तथा फर्केर त्यही ठाउँमा ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् । कोशीको विराटनगरमा आज आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संविधानले दिएका अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरी संकुचनतर्फ लगेको आरोप लगाए । संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले त्यसका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरी योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणका लागि सहजीकरण गर्नेछु,’ उनले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ...