मुख्य समाचार
जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता
जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता

। जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।

उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन् ।

राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए । त्यस्तै, महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका थिए ।


कार्यगत एकता घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताहरू, आचारसंहिता लगायतका विषय उल्लेख गरिएको छ ।

जसमा केन्द्रीय तहमा संयोजन समिति रहनेछ । उक्त समितिमा पार्टीका अध्यक्षसहित प्रत्येक पार्टीहरूबाट ७/७ जना सदस्य रहने बताइएको छ ।

समितिमा कम्तिमा २ जना महिला अनिवार्य गरिएको छ ।

प्रादेशिक र स्थानीय तहमा पनि संयोजन समिति रहने जनाइएको छ । प्रदेशमा ५/५ सदस्यीय र स्थानीय तहमा ३/३ सदस्य रहने समिति बन्ने संगठनात्मक संरचनामा उल्लेख छ ।

कार्यगत एकतामा संलग्न दलहरूले बैठकको अध्यक्षता पालैपालो गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन्। विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत नै चिनजान भई प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्वीरहरू महिलाका परिवारका सदस्यहरूलाई पठाउने प्रशान्त जयसवाल पक्राउ परेका हुन्। नेपालगञज उपमहानगरपालिका-१ का २३ वर्षीय प्रशान्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको र अनुसन्धानका लागि जिल्ला अदालत ...
। छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार सिंहदरबार पुगेर कार्यदलले छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिगत सुधारका लागि भन्दै लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । यसअघि कार्यदले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नौ हजारभन्दा बढी निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर नौ हजार ९४ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने जनाएको हो । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रमा तीन जना र सात प्रदेशमा पनि तीन ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुन:स्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेको मन्त्रालयले जनाएको छ । भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा ...
। पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो। चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेका थिए। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम