मुख्य समाचार
स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ
स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।




आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ ।

रास्वपाको कोषाध्यक्षमा लिमा अधिकारी र सह-कोषाध्यक्षमा बसुमाया तामाङ छिन् । पार्टीमा एक जना मात्रै कोषाध्यक्ष राख्ने केन्द्री समितिको निर्णय अनुसार बोहरालाई कोषाध्यक्षबाट हटाइएको रास्वपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन ...
: महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो। जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ ...
: सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ भक्तपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय यमनाथ चालिसे(राजन) रहेका छन्। २६ जेठ २०६५ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडक खण्डमा सवारी दुर्घटना गराएर चालिसे फरार रहेका थिए। मगंलबार प्रहरी वृत ठिमीबाट खटिएको प्रहरी टोलिले उनलाई फक्राउ गरेको हो। उनीमाथि थप ...
: मकवानपुरमा भएका गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, नवलपरासी पूर्वको कावासोतीका २४ वर्षीय नरबहादुर सिंह र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्। यस्तै घाइते हुनेहरुमा हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया ...
: डोटीको सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी २२ वर्षीय प्रिंयका श्रेष्ठले मंगलबार बेलुकी ५ बजेतिर दिपायलस्थित झोलुङ्गे पुलबाट सेतीमा हाम फालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा १० जनाको प्रहरी टोली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम