मुख्य समाचार
कुलमान घिसिङले ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप (एपीपीजी) अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरसंग भेटवार्ता
कुलमान घिसिङले ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप (एपीपीजी) अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरसंग भेटवार्ता

। हाल बेलायत भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप (एपीपीजी) अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरसंग भेटवार्ता गरेका छन् ।

सत्तारुढ लेबर पार्टीकी सांसद बेकरसंगको भेटवार्तामा नेपाल बेलायतबीचको ऐतिहासिक सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको असर र त्यस सम्न्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको पेन्सन विषय, नेपालको वर्तमान राजनीतिक अवस्था लगायतका विषयमा सौहार्दपूर्ण छलफल भएको थियो ।


घिसिङले जलविद्युत लगायत नेपालको विकासमा निरन्तर सहयोगका लागि बेलायतलाई धन्यवाद दिएका थिए । त्यस्तै उनले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्ली रहेका कारण उत्पन्न चुनौतीसँग जुध्न ब्रिटिश सरकारको सहयोगका लागि आग्रह पनि गरे ।

भेटघाटमा घिसिङले भूतपूर्व गोर्खा सैनिकका समान पेन्सन लगायतका समस्या जतिसक्दो चाडो समाधान गर्न ब्रिटिश सरकारसंग पहल गर्न पनि सांसद बेकारलाई आग्रह गरेका थिए ।



उनले सुशासन, समृद्धि र आशा जगाउन आफूले ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको बताए। उनले ब्रिटिश सांसदलाई थांका उपहार पनि दिएका थिए ।

उक्त भेटघाटमा सांसद बेकरले भूतपूर्व गोर्खा सैनिकका मागहरु पूरा गराउन आफूले आफ्नो ठाउँबाट पहल गरिरहेको बताइन् ।

उनले जलवायु परिवर्तनले नेपाल लगायतका मुलुकहरुलाई पुर्‍याइरहेको असरबारे चिन्ता व्यक्त गर्दै एपीपीजीको माध्यमबाट ब्रिटिश सरकारको ध्यानाकर्षण गर्ने बताइन् । उनले बेलायतमा नेपाली डायस्पोराको योगदानको प्रशंसा पनि गरिन् ।

भेटवार्तामा नेपाल-बेलायत गोर्खा मुद्दाका एकजना वार्ताकार सेवानिवृत्त मेजर जुद बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमीला भान ओमेन तामाङ, व्यवसायी एलएन पाण्डे समेत उपस्थित थिए ।

अमेरिकाको दुई साता लामो भ्रमण सकेर बेलायत आइ पुगेका घिसिङसंग एनआरएनए युकेका दुवै समूहले अन्तरक्रिया गर्न लागेका छन् । उनी २४ अगष्टमा तमु धीं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा पनि सहभागी हुनेछन् ।

यस अघि अमेरिकामा रहँदा उनले टेक्सास, मिशिगन, वाशिंगटन डिसी लगायतका राज्यमा विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी भै प्रवासी नेपाली समुदायसंग अन्तरक्रिया गरेका थिए ।

न्यूयोर्कमा उनी लगायत अन्य अभियन्ताहरुलाई हामी नेपाली ग्लोबल संस्थाले ‘ग्लोबल हिरो अवार्ड’ ले सम्मान गरेको थियो । उनले न्यूयोर्कमै अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको १८ औं सम्मेलनलाई सम्बोधन गरेका थिए ।

त्यस्तै उनले बोस्टनमा हार्वर्ड विश्वविद्यालय तथा एमआइटीमा आबद्ध नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुसंग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।