मुख्य समाचार
टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जिते
टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जिते

। फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि सिधै टाइब्रेकरमा धकेलिएको खेलमा पीएसजीले टाइब्रेकरमा बाजी मारेको हो ।

टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार मिस गर्दा टोटनहामका मिकी भान डे भेन र माथिस तेलले प्रहार मिस गरे ।

त्यसअघि निर्धारित समयको खेलमा पीएसजीले २-० को अवस्थाबाट शानदार पुनरागमन गरेर खेल बराबरीमा ल्याएको थियो ।



३९औं मिनेटमा भान डे भेन र ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहामलाई २-० को अग्रतामा राखेका थिए ।

खेलको ८५औं मिनेटसम्म अगाडि रहेको टोटनहाम त्यसपछि सम्हालिन सकेन । ८५औं मिनेटमा ली काङ इनले गोल गरे ।

इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पीएसजी टोटनहामको जितमा बाधक बनेको थियो जसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पीएसजी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने टोटनहाम यूरोपा लिग विजेता हो । यी दुई प्रतियोगिताको विजेताका बीचमा सुपर कप हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...