मुख्य समाचार
नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ
नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ

— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ ।


स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित फैलिने दर बढ्नु भनेको घातक रोग देशभर फैलिन थालेको स्पष्ट संकेत हो । विगतका वर्षहरूमा जापानिज इन्सेफलाइटिसबाट हजारौं मानिस संक्रमित भएका थिए । हाल संक्रमित भएका र मृतकमध्ये अधिकांशले खोप लगाएका छैनन् ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधानका अनुसार जापानिज इन्सेफलाइटिस (जेई)भाइरसको फैलावट रोक्न खोप प्रमाणित र प्रभावकारी उपाय हो । प्रधान भन्छन्, ‘देशमा फेरि जेई प्रकोप देखिएको अवस्थामा, जीवन बचाउन र थप असरहरु रोक्न खोप नै एक मात्र उपाय हो ।’

जापानी इन्सेफलाइटिस एसिया र पश्चिमी प्रशान्तका केही क्षेत्रमा पाइने भाइरसजन्य संक्रमण हो । जुन मस्तिष्कमा हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो डेंगी, जिका, एल्लोफिभर र वेस्ट नाइल भाइरसजस्तै एउटै लामखुट्टेबाट सर्ने फ्लाभीभाइरस हो । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायका अनुसार यो भाइरसले बिरामी हुनेमध्ये करिब एक तिहाइको मृत्यु हुन्छ र बाँचेका मध्ये पनि आधा मानिसलाई आजीवन गम्भीर अपांगता निम्ताउँछ ।

गत वर्ष यसै रोगका कारण २३ जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी मानिस संक्रमित भएका थिए । गम्भीर लक्षण देखिएका बिरामीलाई मात्रै अस्पताल भर्ना गरिएकाले वा वास्तविक संक्रमितको संख्या अझ धेरै हुन सक्ने चिकित्सकहरूको अनुमान छ ।

यो वर्ष मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, सिन्धुली, बर्दिया र चितवन जिल्लामा जेईका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्युदर १५ वर्षमाथिका मानिसमा बढी छ । विशेषज्ञहरूका अनुसार खोप नलगाएका मानिसहरूमा जेई संक्रमणबाट मृत्यु र जटिलता हुने जोखिम धेरै हुन्छ । तर, स्वास्थ्य निकायसँग तत्कालै खोप दिने योजना छैन ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप बच्चाका लागि नियमित खोप कार्यक्रम अन्तर्गत दिइने भए पनि वयस्कको लागि उपलब्ध छैन । उनले भने, ‘हामीसँग क्षमता र जनशक्ति छ, तर वयस्कका लागि अहिले खोप छैन । हामीसँग खोप किन्न बजेट छैन । विकास साझेदारहरूलाई पनि अनुरोध गरेका छौं, तर खोप दिने प्रतिबद्धता आएको छैन ।’

गौतमका अनुसार प्रभावित जिल्लाहरूमा सचेतना अभियान, भेक्टर नियन्त्रणका लागि वातावरण व्यवस्थापन र स्वास्थ्य संस्थामा चिकित्सकहरूलाई केस व्यवस्थापन तालिमजस्ता विभिन्न रोकथाम उपायहरू लागू गरिएको छ । तर तराईका जिल्लाहरुमा संक्रमितको संख्या बढिरहेकोले ती उपायहरू धेरै प्रभावकारी भएका छैनन् ।

‘जेई भाइरस कति खतरनाक छ भन्ने थाहा हुँदाहुँदै पनि हामी खोप नलगाएका जनतालाई खोप दिने काममा धेरै गर्न सकिरहेका छैनौं,’ स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘हामीले विकास साझेदारहरूसँग धेरैपटक बैठक गरेर खोपका लागि सहयोग माग्यौं, तर सहयोग पाएका छैनौं ।’

सन् २००५ मा नेपालमा जेईका कारण करिब २ हजार जनाको मृत्यु भएको थियो, जसमा अधिकांश तराईका बालबालिका थिए । तत्पश्चात २००६ सालदेखि नेपालमा जेईको खोप दिन सुरु गरियो । पहिलो चरणमा उच्च प्रभावित चार जिल्ला, बाँके, बर्दिया, दाङ र कैलालीका सबै मानिसलाई जेईको खोप दिइयो । पछि यो खोप कार्यक्रम अन्य १९ प्रभावित जिल्लामा विस्तार गरियो र १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइयो ।

सरकारले सन् २०१५ मा जेईको खोपलाई नियमित खोप कार्यक्रमसँग एकीकृत गर्‍यो । तर अझै पनि हरेक वर्ष जेईका नियन्त्रण भएको छैन । ‘हरेक वर्ष स्वास्थ्य मन्त्रालयले छुट्याएको बजेटको करिब ६० प्रतिशत मात्र खर्च गर्छ,’ खोप विज्ञसमेत रहेका प्रधानले भने, ‘खोपसँगै, अधिकारीहरूले यो घातक रोगको फैलावट रोक्न अन्य उपायहरू पनि अपनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...