मुख्य समाचार
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै भएको बताएको छ
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै भएको बताएको छ

— निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै भएको बताएको छ । उन्मुक्तिको साउन १५ मा भएको राष्ट्रिय भेलाले रञ्जितालाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष चयन गरी अद्यावधिकका लागि आयोगमा पठाएको थियो ।


आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार रञ्जिता नै अध्यक्ष कायम भएको बताइन् । ‘दलसम्बन्धी ऐन र पार्टीको विधान अनुसार रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएको ठहर भएको छ,’ उनले भनिन् ।

नाउपाको संरक्षक रेशमलाल चौधरी पक्षले पार्टी अध्यक्षमा लालवीरलाई चयन गरेको थियो । यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसबारे उनले निर्वाचन आयोगमा आफूमाथि भएको कारबाही गलत भएको भन्दै परामर्श गरेकी थिइन् ।

आयोगले रञ्जितालाई अध्यक्ष कायम गरे पनि काठमाडौंमा भएको पार्टीको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद चर्किएको थियो ।

पार्टीको विवाद चर्किंदै गएको अवस्थामा रञ्जिताले साउन १५ संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी थिइन् । 'पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ?' भन्दै उनले स्पष्टीकरण सोधेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्‍घाटन गर्दै उनले यस्ता धारणा राखेका हुन् । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) मा वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धित देशका रोजगारदाताले ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन् । अनुदानमा वितरण गरिने रासायनिक मल आपूर्ति तथा वितरण अवस्था एवं यस सम्बन्धमा प्रतिनिधिसभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठेका विषय र मन्त्रालयले गरेका प्रयासबारे जानकारी गराउँदै मन्त्री अधिकारीले अथक प्रयासबीच कृषकको माग अनुसार सबै बालीका लागि सबै सिजनमा उच्चतम मात्रामा ...
। रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई/मधेश द्रूतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको थियो । उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र ...
। चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय भएको छ । बैठकमा सहभागी एक ...
। प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो । जसमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न ...