मुख्य समाचार
उत्तराखण्ड बाढी : बेपत्ताको थर-ठेगाना नखुल्दा खोजीमा अलमल
उत्तराखण्ड बाढी : बेपत्ताको थर-ठेगाना नखुल्दा खोजीमा अलमल

— भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित धरालीमा ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) सँगै आएको बाढीले तहस नहस गरेको एक साता बितेको छ । साउन २० मा खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार क्षेत्रका होटल र घरहरू कटान गरेको छ।


कतिपय घर बगाएर भागीरथी नदीमा पुगेका छन्। बाढीमा ५० जना भन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। उत्तरकाशी प्रहरीले ४ जनाको मृत्यु भएको भने पनि हालसम्म २ जनाको मात्रै शव भेटिएको छ।

धराली क्षेत्रमा २१ जना नेपाली समेत बेपत्ता भएको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ । उत्तरकाशी प्रहरी र प्रशासनले दिएको सूचनाका आधारमा दुतावासले हराइरहेकाहरूको नाम सार्वजनिक गरेको छ। तर कतिपय बेपत्ताको थर-ठेगाना नखुल्दा खोजीमा अलमल भएको छ। पछिल्लो पटक सोमबार सार्वजनिक गरिएका नाममध्ये कसैको पनि ठेगाना खुलेको छैन।

उद्धारमा खटिएकाहरूले प्राप्त सूचनाका आधारमा नाम संकलन गरेकाले अस्पष्ट भएको हुन सक्ने दिल्लीस्थित दुतावासका काउन्सिलर प्रकाश मल्लले बताए । ठेगाना र थर नखुल्दा विभिन्न जिल्लाबाट सम्पर्क नभएको भन्दै आएका नामसँग मिलाउन समेत गाह्रो भएको उनले बताए।

सम्पर्कमा आएकाहरूको समेत पूर्ण विवरण नआएको उनले बताए । सोमबार दुतावासले सार्वजनिक गरेको सूचीमा जाजरकोटबाट सम्पर्कमा नभएका भन्दै पठाएका नामसँग अधिकांश मिलेका छन् । ‘जाजरकोटकै हुन सक्ने अनुमान गर्न सकिन्छ, तर पूर्ण विवरण नआउँदासम्म यहीँ भन्न सकिने अवस्था छैन,’ मल्लले भने, ‘दुतावासमा सम्पर्क नआएका भनिएका धादिङका घरभएकाहरू सम्पर्कमा आइसकेका छन्, अब जाजरकोटका मात्रै बाँकी छन् ।’

दुतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरूमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर सिंह, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यसैगरी दिपक मगर, सुरज राना, मान बहादुर, नीम बहादुर, रवि सिंह र राम बहादुर रहेको दुतावासले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

रवि सिंह (४४), रवि सिंह (२५), सुरज राना (४६), प्रिया (२२), रमेश (२४), सुवास विक (२४) र लक्ष्मण (६०) जारजरकोटबाट पठाएको सूचिमा छैनन् । अन्यको नाम जाजरकोटबाट सम्पर्कमा नभएका भनिएकासँग मिल्दोजुल्दो भए पनि ठेगाना र कतिपयको थर नखुलेका कारण यकिन गर्न सकिने अवस्था छैन।



ठेगाना र थर समेत नखुल्दा सम्पर्कमा नभएकाहरूको पहिचान गर्नै गाह्रो भइरहेको मल्ल बताउँछन् । दुतावासलाई मात्रै होइन परिवारका सदस्यलाई पनि यसले अलमल गराइरहेको छ । नाम मात्रैले उक्त व्यक्ति आफ्नो परिवारको भए/नभएको छुट्याउन गाह्रो भइरहेको छ ।

अहिले उद्धार गरिएकाहरूलाई धराली क्षेत्रकै अग्लो डाँडामा स्थानीयसँगै नेपालीहरूलाई सामूहिक भान्सा र बासको व्यवस्थापन गरिएको छ । उक्त क्षेत्रमा नेपालीहरू सडक निर्माण, स्याउ टिप्ने, होटलको काम तथा गंगोत्री यात्रामा जानेको भारी बोक्ने कामका लागि पुग्ने गरेका छन् । यतिबेला गंगोत्री यात्राको सिजन पनि हो । हालसम्म धरालीमा २१ जना नेपाली सम्पर्कमा नभएको पुष्टि भएको छ ।

धराली क्षेत्रमा अहिले खोज उद्धारको काम चलिरहेको छ । पछिल्लो समय फोन सेवा सुचारु भएपछि बेपत्ता भनिएकाहरू पनि सम्पर्कमा आउन थालेका छन् । आइतबार मात्रै बर्डर रोड अर्गनाईजेशन (बिआरओ)मा काम गर्न २६ जना नेपाली कामदार सम्पर्कमा आएको उत्तरकाशीका डिएम प्रशान्त आर्यले बताए । उनीहरूले बाढीका बेला भागेर ज्यान जोगाएका थिए ।

‘धेरै मानिहस सम्पर्कमा आइरहेका छन्, अहिले कति बेपत्ता भन्ने एकिन भएको छैन,’ डिएम आर्यले भने, ‘धरालीको अवस्था बिस्तारै सहज बन्दै गएको छ ।’ उक्त क्षेत्रमा उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा लैजाने काम पनि भइरहेको छ ।

उपचार खर्च जुटाउन गएका छोराबुहारी बेपत्ता, एकै गाउँका २४ जना घाइते

धरालीको बाढीमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडिनीका दुई जना बेपत्ता छन् । सोही गाउँका २४ जना घाइते रहेको गाउँपालिकाले जनाएको छ । २३ वर्षीय रमेश बुढा र उनकी श्रीमती २१ वर्षीया प्रिया बुढा बेपत्ता भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पारसबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छन् ।

गाउँपालिकाले दुई जनाको मृत्यु भइसकेको जनाए पनि उनीहरूको अवस्था खुलेको छैन । बुढा दम्पती दिउँसो डेरामा भात पस्किरहेका बेला एक्कासी आएको बाढीमा परेका थिए । स्याउ टिप्ने सिजनमा राम्रो कमाइ हुने भएकाले बुवाको उपचार खर्च जुट्ने भन्दै गत बैशाखमा बिहे गरेर श्रीमती प्रियासहित लगेर धराली गएका थिए । रमेशका बुवा मिमबहादुर बुढा दमका बिरामी छन् ।

परिवारका एक्ला साहारा रमेश दम्पती बेपत्ता भएका हुन् । काका नाता पर्ने वडाध्यक्ष बिष्णुबहादुर बुढाले रमेश बेपत्ता भएको खबर आएको बताए । ‘कामबाट फर्केर खाना खान लागेका बेला घटना भएछ,’ वडाध्यक्ष बुढाले भने ‘अहिलेसम्म अत्तोपत्तो छैन, जीवित पाउने आश त लगभग शून्य भइसक्यो । डोजर लगाएर खोज्दैछन् भन्ने खबर पाएका छौं ।’

घटनाको चौथो दिन मात्रै परिवारले उनीहरू बेपत्ता भएको खबर पाएको थियो । त्यसयता बृद्धावस्थाका दमका बिरामी मिमबहादुरका आँखा ओभाएका छैनन् । ‘सम्झाउनु पनि कसरी ? परिवारको एक्लो सहारा नै रमेश थियो, पढेलेखेर गाउँमा आम्दानीको उपाय नभएपछि भारतमा आफ्नै गाउँले भएको ठाउँमा हिँडेको थियो,’ वडाध्यक्ष बुढाले भने,‘दसैंमा फर्केर उपचार गराउँला, बीचमा जेजसो गरेर पनि पैसा पठाउँछु भनी बुवालाई भरोसा दिएर गएको थियो ।’

रमेश र प्रिया दम्पती बेपत्ताको खबरले गाउँनै स्तब्ध भएको आफन्तहरू बताउँछन् । रमेश भारी बोक्ने, गाडीको सामान लोडअनलोड, स्याउबारी गोडमेलको काम गर्थे । प्रिया होटलमा काम गर्थिन् । बुढा दम्पती आफ्नै दाजुभाउजु प्रकाश र पछनासहित अन्य ४ आफन्त एउटै डेरामा बस्थे ।

अंशबण्डा भएर अलग्गै दाजु प्रकाश पहिल्यैदेखि उत्तरकाशी क्षेत्रमै काम गर्थे । गाउँले र धेरैजसो आफन्तहरू उतै भएकाले रमेश पनि विहे लगत्तै मजदुरीका लागि त्यहाँ गएका थिए । वडाध्यक्ष बुढाका अनुसार बाढीका बेला भागदौडका क्रममा प्रकाश बुढा, पछना बुढा, धन बुढा, महेन्द्र महतारा, जयेन्द्र बुढा, पुसे बुढा, दिनेश बुढा, मानबहादुर बुढा, रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, वीरबहादुर बुढा, बर्षनी बुढा, अप्सरा बुढा, बादल बुढा, मादप महतारा, विपना बुढा, दिपेन्द्र महतारा, मानबहादुर बुढा, बिस्ना बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम