मुख्य समाचार
मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ
मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ

— आफूलाई पहिलेझैं महामन्त्रीको जिम्मेवारीमा काम गर्न दिनु पर्ने भन्दै अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै अब उनी कानुनी रुपमा रास्वपाको साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका छन् ।


न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको मंगलबारको इजलासले रिटमाथि अन्तिम सुनुवाइ गर्दै ढकालको मागदाबी पुग्न नसक्ने भन्दै त्यसलाई जारी गर्न अस्वीकार गरेको हो । अदालतले रिट जारी नगरे पनि निर्देशनात्मक आदेश भने दिएको छ । तर, आदेशमा के निर्देशन दिइएको छ भन्ने चाहिँ खुल्न नसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

‘निर्देशनात्मक आदेश त आएको हो, तर लिखित केही जारी नभएकाले त्यसको व्यहोरा भोलि (बुधबार) मात्रै थाहा हुने भएको छ,’ सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले भने, ‘निर्देशनात्मक लिखित आउन बाँकी भए पनि रिट चाहिँ खारेज भएको पक्का हो ।’

उनलाई पार्टीले गत वर्ष साधारण सदस्यसमेत नरहने गरी निकाला गरेको भए पनि उक्त निर्णय अद्यावधिक नभएको भन्दै निर्वाचन आयोगको अभिलेखलाई आधार मानी आफू नै महामन्त्री भएकाले त्यसअनुसार पार्टीले जिम्मेवारी दिनु पर्ने जिकिरका साथ ढकाल सर्वोच्च पुगेका थिए । गत असार ११ मा उनले आफूलाई निकाल्ने पार्टीको निर्णयविरुद्ध दायर गरेको रिटमाथि लगातार दोस्रो दिनको सुनुवाइपछि सर्वोच्चले मंगलबार रिट खारेज हुने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैंक तथा शाखालाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको कारण सेवा अस्वीकार गरिएको गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार आफ्नै ...
— कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदका अधुका काम पूरा गर्नुपर्ने बताएका छन् । जिल्लाको भिमाद नगरपालिकामा मंगलबार आयोजित सहिद कल्याण खनालको २३औं स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सहिदहरुले सुरु गरेका अधुरा कार्यलाई अगाडि बढाउनु आजको जिम्मेबारी गरेको बताएका हुन् । ‘हामीले सहिदको योगदान खेर जान दिनुहुन्न,’ उनले भने, ‘ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु ...
— सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया चित्त नबुझेको भन्दै त्यसलाई खारेज गरिपाऊँ भनी पीडितहरुका तर्फबाट परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । त्यसविरुद्ध पीडितहरुले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको मंगलबारको इजलासले ...
— पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम’ (एएनपीआर क्यामरा) जडान गरिएको छ । भैरहवा–भुमही सडक खण्डअन्तर्गत सदरमुकामको व्यस्त हुने बाइपास चोकमा क्यामेरा जडान गरिएको हो । दुर्घटनाको जोखिम बढी भएको हुँदा न्यूनीकरण र विभिन्न घटना, दुर्घटना हुँदा सवारी साधनको पहिचान गर्न अत्याधुनिक क्यामेरा जडान गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । यसअघि ...
— जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।