मुख्य समाचार
दैलेखमा भेटिएको प्राकृतिक मिथेन ग्यास उत्खनन र व्यवसायीकरणमा स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह
दैलेखमा भेटिएको प्राकृतिक मिथेन ग्यास उत्खनन र व्यवसायीकरणमा स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह

— दैलेखमा भेटिएको प्राकृतिक मिथेन ग्यास उत्खनन र व्यवसायीकरणमा स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह गरिएको छ।


निगम अन्तर्गतको स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई मंगलबार ७ बुँदे ज्ञापनपत्र बुझाएर निगमबाटै ग्यास उत्खनन र बजारीकरणको सुनिश्चितता गर्न आग्रह गरेका हुन्। युनियनका अध्यक्ष विकास बखतीको नेतृत्वमा कर्मचारीहरूले यस्तो आग्रह गरेका हुन्।

‘निगमको स्वामित्वमा स्वदेशी लगानी र प्रविधि एवम् आवश्यकताअनुसार रणनीतिक साझेदार वा निगमकै सहायक कम्पनीमार्फत दैलेखको ग्यास उत्खनन र बजारीकरण सुनिश्चित गर्न पहल गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मिथेन ग्यासको प्रयोगका क्षेत्रहरू पहिचान गरी सोही बमोजिम बजार रणनीति तय गर्न तत्काल अध्ययन गर्न समिति गठन गरेर अगाडि बढ्नुपर्छ।’

प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको छ । त्यस क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास भण्डारण हुने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैंक तथा शाखालाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको कारण सेवा अस्वीकार गरिएको गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार आफ्नै ...
— कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदका अधुका काम पूरा गर्नुपर्ने बताएका छन् । जिल्लाको भिमाद नगरपालिकामा मंगलबार आयोजित सहिद कल्याण खनालको २३औं स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सहिदहरुले सुरु गरेका अधुरा कार्यलाई अगाडि बढाउनु आजको जिम्मेबारी गरेको बताएका हुन् । ‘हामीले सहिदको योगदान खेर जान दिनुहुन्न,’ उनले भने, ‘ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु ...
— आफूलाई पहिलेझैं महामन्त्रीको जिम्मेवारीमा काम गर्न दिनु पर्ने भन्दै अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै अब उनी कानुनी रुपमा रास्वपाको साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका छन् । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको मंगलबारको इजलासले रिटमाथि अन्तिम सुनुवाइ गर्दै ढकालको मागदाबी ...
— सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया चित्त नबुझेको भन्दै त्यसलाई खारेज गरिपाऊँ भनी पीडितहरुका तर्फबाट परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । त्यसविरुद्ध पीडितहरुले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको मंगलबारको इजलासले ...
— पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम’ (एएनपीआर क्यामरा) जडान गरिएको छ । भैरहवा–भुमही सडक खण्डअन्तर्गत सदरमुकामको व्यस्त हुने बाइपास चोकमा क्यामेरा जडान गरिएको हो । दुर्घटनाको जोखिम बढी भएको हुँदा न्यूनीकरण र विभिन्न घटना, दुर्घटना हुँदा सवारी साधनको पहिचान गर्न अत्याधुनिक क्यामेरा जडान गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । यसअघि ...