मुख्य समाचार
लिग निरन्तर गर्न फुटबल खेलाडी संघको माग
लिग निरन्तर गर्न फुटबल खेलाडी संघको माग

— नेपाल फुटबल खेलाडी संघले मंगलबार नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबल निरन्तरता दिन माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसमक्ष ज्ञापनपत्र बुझाएको छ ।


संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा विराज महर्जन, विकेश कुथुको टोलीले एन्फासामु ज्ञापनपत्र बुझाउँदै चाँडोभन्दा चाँडो सबै श्रेणीका सहभागी क्लबसँग समन्वय गरेर फुटबल लिग क्यालेन्डरअनुसार काम अघि बढाउन माग राखेको हो ।

खेल र खेलाडीको भविष्य सुरक्षित गर्न द्रुत कदम चाल्न एन्फालाई खेलाडी संघले अनुरोध गरेको छ । पछिल्लो ए डिभिजन लिग भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि अर्को सिजन सुरुआतबारे अझै पनि अन्योलता रहेको र नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबललाई निरन्तरता दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको अध्यक्ष लामाले बताएका छन् ।

‘निरन्तर अन्योलले खेलाडीहरू र हाम्रो देशभित्रको फुटबल समुदाय दुवैमा गम्भीर र प्रत्यक्ष असर पारेको छ । लिग फुटबलको अभावले खेलकुदमा आफ्नो जीवन समर्पित गरेका हाम्रा फुटबल खेलाडीहरूलाई अनिश्चित अवस्थामा पुर्‍याएको छ । हामीजस्तै प्रशिक्षक, रेफ्री र फुटबलकै भर गर्ने अन्य हजारौंको अवस्था पनि यस्तै होला । फुटबलको अभावकै कारण धेरै प्रतिभा जीविकोपार्जनको खोजीमा देश छोड्न बाध्य भएका छन् । यो पलायन केवल व्यक्तिगत प्रतिभाको क्षतिमात्र होइन, यसले राष्ट्रिय फुटबललाई दीर्घकालिन हाही पुर्‍याउँछ । अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो स्तरमा प्रत्यक्ष प्रभाव पार्दछ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक राष्ट्रिय टोली छनोट गर्न खेलाडी ट्रायलमा बोलाउनुपर्ने स्थितिले यसलाई अझ उजागर गरेको छ । राष्ट्रिय टोलीको छनोट प्रतिस्पर्धात्मक खेलबाट हुनुपर्ने हो । लिग गर्नुबाहेकको विकल्प हामीसँग छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...