मुख्य समाचार
अरनिको राजमार्ग खुलाउन नसकेपछि चिनियाँ सामान बोकाएरै ढुवानी
अरनिको राजमार्ग खुलाउन नसकेपछि चिनियाँ सामान बोकाएरै ढुवानी

— चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको ११ दिन बितेको छ । राजमार्गको कोदारी भन्ने स्थानमा लगातार पहिरो गएको छ ।


तर रोकथामका लागि प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सडक बन्द भएपछि चीनबाट आयात गरिएको मालवस्तु बोकाएरै पहिरो पार गराउन थालेका छन् ।

सीमा क्षेत्रमा मालबस्तु लोड गरेका कन्टेनरहरु अलपत्र भएपछि स्याउ, लसुन, आँप, अंगुरलगायतका सड्ने फलफूल तथा मसलाजन्य वस्तु भरियालाई बोकाएरै पहिरो पार गराउन थालिएको हो । तयारी पोशाक, जुत्ता, व्याग, रोल कपडा, मेसिनरी औजारलगायतका चीनबाट आयात हुने सयौं प्रकृतिका मालबस्तु नेपाल भित्र्याउन कठिन भएको छ ।

मितेरीपुल, खासा तथा नेलामको गोदामा थन्केका सामान नेपाल भित्र्याउन कठिनाई भएको छ । यस्तो कठिनाई प्रत्येक वर्ष हुने गरे पनि हिउँदमा सडक व्यवस्थित गर्ने ध्यान नदिएका कारण व्यवसायीहरुले हैरानी व्यहोर्दै आएका छन् ।

अहिले कोदारी पहिरोको माथिल्लो भागको बस्ती पहिरोकै कारण जोखिममा परेकाले डोजरले कट्टान गरेर सडक बनाउन पनि नसकिने भएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका आयातकर्ता राजेश भण्डारीले स्याउ प्रतिकन्टेनर डेढ लाखसम्म अतिरिक्त रकम खर्चेर भरियामार्फत सुरक्षित स्थानमा ल्याउने गरेको बताए ।

उनले भने, ‘गत साल पनि असोज ११–१२ को वर्सात्‌ले ठूलै नोक्सानी व्यहोर्नुपरेको थियो । यसपटक त झन् तातोपानी नाकाबाहेक विकल्प नै भएन । स्याउ, आँप जस्ता फलफूल कुहिनुभन्दा बरु घाटा होस भनेर भरिया लगाएका छौं ।’ नेपाली तीन कन्टेनर सामान भरिया लगाएर बोकाउँदा कम्तिमा ५ लाख अतिरिक्त खर्च हुने गरेको स्याउ व्यापारीहरुको भनाइ छ ।



‘स्याउ, आँपलगायतका वस्तु बोकाउँदा काटुन फुट्ने, गर्मीले बिग्रने तथा सामानको सुरक्षा नहुने समस्या देखिएको छ,’ भण्डारीले भने । गत असारको बाढीका कारण रसुवा बन्द भएकोले चीनसँग जोडिएको एक मात्र नाका तातोपानी हो । चीनको विभिन्न सहरबाट ल्याइएका व्यापारिक सामान बाटैमा अलपत्र परेपछि व्यवसायीले करोडौं रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सडक खुल्ने आशा टुटेको भन्दै चीनसँगको एक मात्र नाकाबाट हुने कारोबार लामो समय ठप्प हुँदा सरकारको केन्द्रीय निकाय संवेदनशील नभएको गुनासो गरे । डेढ सातादेखि पहिरोस्थलमा बसेर सडक खुलाउन सहजीकरण गरिरहेका बस्नतेले बर्सेनि करोडौं राजस्व उठाउने नाकाप्रति सरकारी बेवास्ताले व्यवसायीहरु चिन्तित भएको बताए ।

गतवर्ष तातोपानी भन्सारबाट करिब १९ अर्ब राजस्व संकलन भएको थियो । पहिरोका कारण चालु वर्षमा राजस्व संकलन धेरै प्रभावित हुने देखिएको छ । तातोपानी भन्सार अधिकृत सूर्य काफ्लेका अनुसार साउनमा लक्ष्यको तुलनामा बढीमा ४० देखि ४२ प्रतिशत राजस्व संकलन हुने अनुमान गरिएको छ ।

कोदारी खण्ड सडकमा गत जेठदेखि नै अस्थायी रुपमा पहिरो पन्छाएर कन्टेर खुलाउने र पहिरो आएपछि फेरि बन्द हुने भइरहेको थियो । सडक विभागको डोजर प्रयोग गरेर स्थानीय व्यवसायीकोसमेत सहयोगमा दिनको एक पटक व्यापारिक कन्टेनरहरु भन्सार हातमा भित्र्याउने गरिएको थियो ।

लार्चास्थित सुख्खा बन्दरगाहभन्दा करिब साढे ६ किमी सीमातर्फ सडक अबरुद्ध हुँदै आएको छ । अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सीमा जोड्ने सडक जताततै पहिरोको जोखिममा छ । त्यसमा कोदारी पहिरो थपिएपछि समस्या झन् बढेको हो ।

कोदारी पहिरोको माथिल्लो मागबाट पानी नपर्दा पनि बगिरहने र तल्लो भागबाट भोटेकोशीले कटान गरिरहने भएकाले सामान्य ढंगले सडक खुलाउन नसकिने बस्नेतले बताए । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद माधव सापकोटाले सामान्य मर्मतले सडक सञ्चालन हुने अवस्था नभएको भन्दै मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराए ।

उनले तातोपानी भन्सारबाट सरकारले चालु आवका लागि राजस्व लक्ष्य २४ अर्ब राखेको प्रशंग जोड्दै नाका बन्द हुँदा सरकारको चासो कम भएको बताए । उनले भने, ‘अरनिको राजमार्ग बन्द भएको ११ दिन भयो । सडकमा सामान्य तरिकाले काम गरेर भएन । सात सय मालबाहक कन्टेर बाटोमा अलपत्र रहेको छ ।’

व्यवसायीका अनुसार करिब ६० भन्दा बढी फलफूल बोकेका कन्टेनर बाटैमा अलपत्र छन् । गत असारको बाढीले रसुवा पूर्ण रुपमा बन्द भएपछि व्यापारको ठूलो हिस्सा तातोपानी सरेको छ । रसुवामा अड्केका कन्टेर पनि तिब्बतको नेलाम हुँदै तातोपानीतर्फ आएका छन् । केही व्यवसायीले भने तातोपानी पनि भरपर्दो नभएको भन्दै कलकत्ता बन्दरगाहबाट दक्षिणी नाका भएर सामान भित्र्याउन थालेका छन् ।

तर समुन्द्रको बाटो ल्याउँदा ४० देखि ४५ दिन लाग्ने भएकाले दशैंका सामान बिक्री गर्न कठिन हुने व्यापारीहरुको भनाइ रहेको छ । नेपाल हिमालय सीमापारका अध्यक्ष रामहरि कार्कीले सडक सुचारु गर्न अर्थमन्त्री, यातायात तथा भौतिक पूर्वाधार मन्त्री लगायतका उच्च तहमा लिखित रुपमा अनुरोध गरेको बताए ।

सडक अवरुद्ध हुँदा व्यवसायीले भोगेका समस्याका बारेमा सबै जानकारी गराएको उनले बताए । उत्तरी नाका बर्सेनि वर्सात्‌मा असुरक्षित हुँदै गएको भन्दै अध्यक्ष कार्कीले विशाल छिमेकी मुलुक चीनसँग जोडिएको चलनचल्तीको एकमात्र स्थल मार्ग जोड्ने सडकलाई पर्याप्त बजेट विनियोजन गर्न माग गरेको बताए ।

रसुवा भन्सार पूर्ण रुपमा बन्द भएपछि चीनसँग स्थलमार्ग भएर गरिने व्यापारको एउटै मात्र नाका जोडिएको तातोपानीको सडक व्यवस्थित गर्न सरकारी अधिकारीहरु गम्भीर नभएको दुखेसो उनले गरे । सडक विभाग स्रोतले भने तत्कालै केन्द्रबाट विशेषज्ञहरुको टोली पहिरोस्थलमा गएर आवश्यक उपाए अपनाउने जानकारी दिएको छ । सडक सामान्य ढंगले नबन्ने देखिएको छ ।

यातायात बन्द भएपछि चीनबाट स्याउ, आँप, लसुन, अंगुरलगायतका वस्तु कुहिने सम्भावना भएपछि कतिपय व्यवसायीले कन्टेनर खासाबाट तिब्बतको नेलाममा फर्काएर कोल्ड स्टोरमा अनलोड गरेका छन् । तयारी पोशाक, जुत्ता, व्यागलगायतका व्यापारिक मालवस्तुसहित करोडौं मूल्यका सयौं कन्टेनर सीमा क्षेत्रमा अलपत्र भएका छन् ।

तातोपानी नाकाबाट मालवस्तु चीनको विभिन्न सहरबाट १५ दिनमा नेपाल ल्याउन सक्ने भएकाले व्यापारीहरुले समुद्रको बाटो भन्दा यतै रोज्ने गरेका छन् । तर बेलाबेलामा बन्द भइरहने भएकाले नाकाप्रतिको विश्वास घट्दै गएको व्यवसायी निर्प अधिकारी बताउँछन् ।

नजिक र सजिलो नाका तातोपानी भए पनि अर्डर गरेको सामान काठमाडौं आइपुग्ने ग्यारेन्टी नहुँदा कतिपय व्यवसायीले कलकत्ता बन्दरगाहबाट ल्याउने गरेको उनले बताए । रसुवा बन्द भएकाले मानसरोबर आउजाउ गर्ने तीर्थयात्रीको घुइँचो पनि रोकिएको छैन । अहिले जाने भन्दा आउने तीर्थयात्री बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई ‘विदेशी लगानीकर्ता परिषद्’ गठन गर्न सुझाव दिएको छ। निक्कीका अध्यक्ष सुनिल केसीले आज अर्थमन्त्री खनालसँग भेटवार्ता गर्दै नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै विदेशी लगानीकर्ता परिषद् गठन गर्न सुझाव दिएका हुन्। उनका अनुसार नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्या तथा जटिलता एवं ...
। कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र ...
। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आर्थिक वर्षमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए । चालु ...
— डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकम नितरेका कारण १३ उद्योगमा अझै विद्युत् जोडिएको छैन । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ र कात्तिक ७ मा गरी २३ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो । तीमध्ये १३ उद्योगको बिजुली अझै काटिएको छ । बक्यौता तिर्नुपर्ने कुल २५ उद्योगमध्ये दुई उद्योग पहिले नै बन्द भएका ...
: देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज हुने भएको छ। अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालयहरूलाई खारेज गरी यसका सबै सेवा स्थानीय तहबाट दिने भएको छ। जसअनुसार करदाता सेवा कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाहरू मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको हो। तत्कालै स्थानीय तहबाट ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम