मुख्य समाचार
हिंसात्मक घटनामा घाइते भएकामध्ये ६ जना कैदीबन्दीको शल्यक्रिया
हिंसात्मक घटनामा घाइते भएकामध्ये ६ जना कैदीबन्दीको शल्यक्रिया

— कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक घटनामा घाइते भएकामध्ये ६ जना कैदीबन्दीको शल्यक्रिया गरिएको छ । हातखुट्टा भाँचिएका, हाडजोर्नी तथा टाउकोमा चोट लागेका बिरामीको सेती प्रादेशिक अस्पताल धनगढीमा शल्यक्रिया गरिएको हो ।


अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टका अनुसार हात, खुट्टा भाँचिएका तथा हाडजोर्नी अलग भएका पाँच जना र टाउकोमा गम्भीर चोट लागेका एक जनाको शल्यक्रिया गरिएको हो । कारागारभित्र भएको हिंसात्सक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए ।

शल्यक्रिया गरिएका र उपचाररत अन्य घाइते कैदीबन्दीको अवस्था खतरामुक्त रहेको डा. भट्टले बताए । गम्भीर घाइते आयुष भट्ट र कृष्ण सारुमगरलाई थप उपचारका लागि यसअघि नै काठमाडौं लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रियल फेरि जितको बाटोमा
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ७० वर्ष पूरा हुन लागेको छ। विशेषगरी व्यापार र लगानीका सन्दर्भमा हालको द्विपक्षीय सम्बन्धलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? रुस–नेपाल व्यापारिक सम्बन्ध अहिले धेरै ठूलो परिमाणमा छैन, तर प्रचुर मात्रामा सम्भावना भने छ। ऊर्जा, उपकरण, मल, धातुजन्य सामग्रीसँगै नेपाली चिया, कफी र लत्ता कपडासमेत समेटिएको हालको व्यापार संरचनाले दुवै ...
एमाले नेताहरूले भने– महाधिवेशनपछि पार्टी अझै एकढिक्का र बलियो हुन्छ
२००६ सालमा स्थापित कम्युनिस्ट पार्टीको मूलधार बोकेको एमालेको ११ औं महाधिवेशन राजधानीमा जारी
एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान