मुख्य समाचार
सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह
सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह

— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् ।


रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् र धेरै ढिलो हुनुभन्दा पहिले बच्चाहरूको रक्षा गर्नुहोस् । आमाको रूपमा, म उनीहरूको पीडा हेर्न सक्दिनँ,’ म्याडोनाले लेखेकी छन् ।

‘संसारका बच्चाहरू सबैका हुन् । तपाईं हामीमध्ये एकमात्र हुनुहुन्छ, जसलाई प्रवेशबाट वञ्चित गर्न सकिँदैन,’ उनले लेखेकी छन्, ‘हामीलाई यी निर्दोष बच्चाहरूलाई बचाउन मानवीय ढोकाहरू पूर्ण रूपमा खोल्न आवश्यक छ । अब समय छैन । कृपया भन्नुस् न तपाईं जानुहुनेछ । माया, म्याडोना ।’

जारी युद्धमा आफूले कसैको पनि पक्ष नलिएको पनि म्याडोनाले उल्लेख गरेकी छन् । ‘म औंला उठाइरहेको छैन, दोषारोपण गरिरहेको छैन वा कसैको पक्ष लिइरहेको छैन । बन्धक बनाइएकाहरूका आमाहरूसहित सबैजना पीडामा छन्,’ उनले भनेकी छन्, ‘म प्रार्थना गर्छु कि उनीहरूलाई पनि रिहा गरियोस् । म यी बालबालिकाहरूलाई भोकमरीले मर्नबाट जोगाउन सक्दो प्रयास गरिरहेको छु ।’

पोपले हालै मात्र गाजामा तत्काल युद्धविरामका लागि आग्रह गर्दै अन्तर्राष्ट्रिय समुदायलाई मानवीय कानुन र नागरिकहरूको सुरक्षा गर्ने दायित्वको सम्मान गर्न आग्रह गरेका छन् । ‘म फेरि एक पटक यो बर्बर युद्धको अन्त्य गर्दै द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दछु,’ पोपले भनेका थिए ।

सहायताकर्मी र डाक्टरहरूका अनुसार गाजामा इजरायलले महिनौंदेखि लगाएको नाकाबन्दी र अस्तव्यस्त आपूर्ति वितरणका कारण गाजामा पहिले कुनै स्वास्थ्य समस्या नभएका बालबालिका समेत कुपोषणबाट मर्न थालेका छन् ।

७ अक्टोबर, २०२३ मा प्यालेस्टिनी लडाकु समूहमाथि आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजा क्षेत्रमा लगातार आक्रमण गर्दै आएका छन् । इजरायली हमलाका कारण २० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भइसकेका छन् । र, गाजामै रहेकाहरूले चरम खाद्य संकट व्यहोर्नुपरेको छ । संयुक्त राष्ट्रसंघले गत मे महिनामा गाजामा ५ हजारभन्दा बढी बालबालिका कुपोषणको सिकार भएको जनाएको थियो । तर, इजरायलले भने खाद्य संकट र कुपोषणलाई अस्वीकार गर्दै आएको छ । गाजामा पर्याप्त खाद्यवस्तुको आपूर्ति भइरहेको र हमासले राहत सामग्री चोरेर र राहत वितरण नियन्त्रण गर्ने प्रयास गरेका कारण अभाव सिर्जना भएको इजरायलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम