मुख्य समाचार
सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह
सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह

— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् ।


रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् र धेरै ढिलो हुनुभन्दा पहिले बच्चाहरूको रक्षा गर्नुहोस् । आमाको रूपमा, म उनीहरूको पीडा हेर्न सक्दिनँ,’ म्याडोनाले लेखेकी छन् ।

‘संसारका बच्चाहरू सबैका हुन् । तपाईं हामीमध्ये एकमात्र हुनुहुन्छ, जसलाई प्रवेशबाट वञ्चित गर्न सकिँदैन,’ उनले लेखेकी छन्, ‘हामीलाई यी निर्दोष बच्चाहरूलाई बचाउन मानवीय ढोकाहरू पूर्ण रूपमा खोल्न आवश्यक छ । अब समय छैन । कृपया भन्नुस् न तपाईं जानुहुनेछ । माया, म्याडोना ।’

जारी युद्धमा आफूले कसैको पनि पक्ष नलिएको पनि म्याडोनाले उल्लेख गरेकी छन् । ‘म औंला उठाइरहेको छैन, दोषारोपण गरिरहेको छैन वा कसैको पक्ष लिइरहेको छैन । बन्धक बनाइएकाहरूका आमाहरूसहित सबैजना पीडामा छन्,’ उनले भनेकी छन्, ‘म प्रार्थना गर्छु कि उनीहरूलाई पनि रिहा गरियोस् । म यी बालबालिकाहरूलाई भोकमरीले मर्नबाट जोगाउन सक्दो प्रयास गरिरहेको छु ।’

पोपले हालै मात्र गाजामा तत्काल युद्धविरामका लागि आग्रह गर्दै अन्तर्राष्ट्रिय समुदायलाई मानवीय कानुन र नागरिकहरूको सुरक्षा गर्ने दायित्वको सम्मान गर्न आग्रह गरेका छन् । ‘म फेरि एक पटक यो बर्बर युद्धको अन्त्य गर्दै द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दछु,’ पोपले भनेका थिए ।

सहायताकर्मी र डाक्टरहरूका अनुसार गाजामा इजरायलले महिनौंदेखि लगाएको नाकाबन्दी र अस्तव्यस्त आपूर्ति वितरणका कारण गाजामा पहिले कुनै स्वास्थ्य समस्या नभएका बालबालिका समेत कुपोषणबाट मर्न थालेका छन् ।

७ अक्टोबर, २०२३ मा प्यालेस्टिनी लडाकु समूहमाथि आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजा क्षेत्रमा लगातार आक्रमण गर्दै आएका छन् । इजरायली हमलाका कारण २० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भइसकेका छन् । र, गाजामै रहेकाहरूले चरम खाद्य संकट व्यहोर्नुपरेको छ । संयुक्त राष्ट्रसंघले गत मे महिनामा गाजामा ५ हजारभन्दा बढी बालबालिका कुपोषणको सिकार भएको जनाएको थियो । तर, इजरायलले भने खाद्य संकट र कुपोषणलाई अस्वीकार गर्दै आएको छ । गाजामा पर्याप्त खाद्यवस्तुको आपूर्ति भइरहेको र हमासले राहत सामग्री चोरेर र राहत वितरण नियन्त्रण गर्ने प्रयास गरेका कारण अभाव सिर्जना भएको इजरायलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...