मुख्य समाचार
ट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयास
ट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयास

— रुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् ।


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्धरत एक पक्षलाई नै अलग राखेर गरिने कुनै पनि वार्ताले मान्यता नपाउने टिप्पणी गरेका थिए ।

अलास्का वार्ता हुनुअगावै विवादमा पर्न सक्ने देखिएपछि अमेरिका यतिबेला उक्त वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने प्रयासमा रहेको उपराष्ट्रपति जेडी भान्सले सोमबार बताएका छन् । किभको उपस्थितिका लागि युक्रेनका युरोपेली सहयोगीहरूले पनि निरन्तर दबाब दिइरहेका छन् ।

‘सबैभन्दा महत्त्वपूर्ण अवरोध भनेको भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्तामा कहिल्यै नबस्ने बताएपछि देखिएको छ,’ फक्स न्युजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’ लाई दिएको अन्तर्वार्तामा उपराष्ट्रपति भान्सले भने, ‘हामी अहिले यस्तो बिन्दुमा छौं, जहाँ हामी स्पष्ट रूपमा तालिका र यस्तै उपायहरू पत्ता लगाउने प्रयास गरिरहेका छौं । राष्ट्रपति ट्रम्प, पुटिन र जेलेन्स्की बसेर यस द्वन्द्वको अन्त्यका बारेमा छलफल गर्न सक्ने वातावरणको खोजीका लागि हाम्रो प्रयास रहनेछ ।’

उपराष्ट्रपतिले ‘युक्रेनी र रुसी’ जनता दुवैको सम्मान हुने गरी अमेरिकाले वार्ताद्वारा समाधान खोज्ने प्रयास गरिरहेकोमा जोड दिए । भने, ‘यसले कसैलाई अति खुसी पनि बनाउने छैन र कसैलाई अति दुःखी पनि हुनुपर्ने छैन ।’


जेलेन्स्कीबिना अलास्कामा अमेरिका र रुसबीच हुने भनिएको शीर्षस्थ वार्ताले किभलाई आफ्नो भू–भाग क्रिमलिनलाई फिर्ता गर्नुपर्ने हो कि भन्ने चिन्ता थपेको छ भने युरोपेली युनियनले रुसद्वारा राखिएको उक्त सर्तलाई अस्वीकार गरेको छ ।

नाटोका लागि अमेरिकी राजदूत म्याथ्यु ह्वाइटेकरले पनि सीएनएनसँग कुरा गर्दै अलास्का वार्तामा जेलेन्स्की पनि सहभागी हुन सक्ने सम्भावनालाई स्वीकार गरेका छन् । ‘मलाई लाग्छ यो सम्भव छ, नभए युद्धमा संलग्न सबै पक्ष नै यसमा सहमत छैनन् भने सम्झौता कसरी हुन सक्छ ? युद्ध अन्त्य गर्न यो वार्ता एक महत्त्वपूर्ण कडी हुनेछ ।’



ह्वाइटकरले जेलेन्स्की सहभागी हुने वा नहुने भन्ने निर्णय अन्ततः ट्रम्पकै हातमा रहेको बताए । ‘यदि उहाँलाई जेलेन्स्कीलाई निमन्त्रणा गर्नु उचित लाग्यो भने त्यसो गर्न सक्नुहुनेछ,’ उनले थपे, ‘तर अहिले नै यसबारेमा कुनै औपचारिक निर्णय भने गरिएको छैन ।’ जेलेन्स्कीले पछिल्लो तीन दिनभित्र किभका मुख्य समर्थक जर्मनी, बेलायत र फ्रान्ससहितका १३ समकक्षीसँग वार्ता गरेका थिए । जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि अलास्का वार्तामा जेलेन्स्की सहभागी हुनेमा आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...