मुख्य समाचार
वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले जित्यो
वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले जित्यो

— वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले आफ्नो नाममा पारेको छ । अन्तिम खेलमा पाकिस्तानको प्रदर्शन हेर्न लायक नै रहेन ।


मंगलबार सिरिज मात्रै होइन, पाकिस्तानलाई लज्जास्पद हार चखाएर घर फिर्ता पठाएको छ । वेस्टइन्डिजका लागि यो ऐतिहासिक जित हो । ३४ वर्षपछि एक दिवसीय सिरिजमा पाकिस्तानमाथि जित निकालेको हो ।

ऐतिहासिक जितमा वेस्टइन्डिजले अन्तिम खेल २०२ रन अन्तरले हरायो ।

पाकिस्तान ९२ बलमै अलआउट

त्रिनिदादको ब्रायन लारा स्टेडियममा भएको अन्तिम खेलमा पहिला व्याटिङ गर्दै वेस्टइन्डिजले ६ विकेटको क्षतिमा २९४ रन बनायो । जसमा कप्तान शाई होपले व्यक्तिगत १२० रन बनाए ।


२९५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तान २९ दशमलव २ ओभरमा मात्र ९२ रन बनाउँदै अलआउट भयो ।

५ जनाले खाता खोल्न सकेनन्



वेस्टइन्डिजका बलरसामु पाकिस्तानी ब्याटिङ लाइनले घुँणा टेक्यो । कप्तान मोहम्मद रिजवाद, सईम अयूब, अब्दुल्लाह शफीकसहित पाँच ब्याटरले खातासमेत खोल्न सकेनन् । वेस्टइन्डिजका बलर जोयडेन सील्सले आक्रमण बलिङ गर्दै एक्लै ६ विकेट लिए ।

पहिलो ओभरमै शून्य रनमै सील्सले सईम अयूलाई आउट गरेका उनले तेस्रो ओभरमा अर्का ओपनर अब्दुल्लाह शफीकलाई पनि शून्य मै आउट बनाए । उनले मात्र १८ रन खर्चिएर कूल ६ विकेट लिए ।

यता वेस्टइन्डिजका कप्तान होपले भने कीर्तिमानी पारी खेले । उनले नटआउट १२० रन बनाए । ९४ बल खेलेका उनले त्यसक्रममा १० चौका र ५ छक्का प्रहार गरे । एक दिवसीय करिअरमा १८ औं शतक प्रहार गर्दै उनी सर्वाधिक शतक प्रहार गर्ने वेस्टइन्डिजका खेलाडीहरुको सूचीमा तेस्रो नम्बरमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...