मुख्य समाचार
वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन
वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन

: वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज महानगरपालिका - २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा बिहान १०:३० बजे मृत्यु भएको हो ।



प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका परिवारजन र आफन्तले अस्पताल अगाडिको सडकमा टायर बालेर प्रहरी–प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।


नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार मंगलबार बिहान ८:३० बजे कारगारको प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो । त्यसबेला राहुलको मुखबाट रगतसहितको फिज निस्किइरहेको थियो । अवस्था निक्कै जटिल भएका कारण उनलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने तर आइसीयु वार्डमा शैया खाली नभएका कारण डाक्टरले अन्यत्र लैजान कुरुवालाई सुझाएका थिए ।


त्यसपछि डाक्टरले रिफरको कागज बनाइदिए । तर, अवस्था झनै बिग्रिदै गएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग सल्लाह गरेर नारायणी अस्पतालमै आइसीयुको व्यवस्थापन गरेर थप उपचार गर्नेक्रममा राहुलको मृत्यु भएको डाक्टर सिंहले बताए ।

डा.सिंहले भने,‘अन्यत्र रेफरको तयारी डाक्टरले गरिरहेका थिए । तर बिरामीको अवस्था झन् झन् बिग्रिदै गइरहेको थियो । बाहिर पठाउँदा बाटोमै बिरामीको ज्यान जान सक्ने जोखिम देखियो । त्यसपछि सीडीओ साबसँगको सल्लाहमा आइसीयुमा जसोतसो गरेर एउटा बेड खाली गराएर ती बिरामीलाई राख्यौं । तर, उपचारका क्रममा उनको डेथ भयो।’

राहुलको मृत्युको कारण पल्मोरी इडिमा (हार्ट फेलियर) रहेको पनि उनले जानकारी दिए ।यता मृतकका परिवारजन र आफन्तले भने स्थानीय प्रशासन र प्रहरीको लापरवाहीका कारण समयमै उपचार नपाउँदा राहुलको मृत्यु भएको आरोप लगाएका छन् ।

मृतक राहुलको काकाका छोरा जगदीश साह तुराहाले भाइ राहुलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डाक्टरले रेफर गरिसक्दा पनि सीडीओको आदेशमा प्रहरीले बिरामीलाई अन्यत्र लैजान नदिएको आरोप लगाए । उनले भने,‘डाक्टरले आइसीयु बेड खाली नभएकाले अन्यत्र लैजान रेफर लेखिदिए । त्यसपछि हामीले एम्बुलेन्स बोलाएर भाइलाई एम्बुलेन्समा राखिसकेका थियौं । त्यहि बेला एक प्रहरी आएर बाहिर लैजान मिल्दैन । सीडीओ साब को आदेश छ । यहि अस्पतालमा उपचार गराउनुपर्छ भन्दै रोकिदिए । हामीले धेरै गुहार लगायौं तर हाम्रो कुरा सुनिएन । जसका कारण मेरो भाइको सही उपचार नपाएर मृत्यु भयो । प्रहरी र प्रशासनले मेरो भाइको ज्यान लियो ।’

दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नपाएसम्म शव आफूहरूले नबुझ्ने पनि उनले बतए । पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले भने कारगारमै हर्ट अट्याक भएर नारायणी अस्पतालमा पुर्‍याइएका कैदी राहुलको उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार,कारागार प्रशासनले नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर‍्याएका कैदी राहुलको स्वास्थ्य अवस्था निकै जटिल थियो । तर, अस्पतालको आइसीयु वार्डमा शैया खाली थिएन । त्यसपछि आफूले चिकित्सकलाई फोन गरेर आइसीयुमा बेड खाली गराएर बिरामीलाई भर्ना गराउन लगाएको अर्यालले बताए ।

तर, पहिलेदेखि नै बिरामीको अवस्था निक्कै जटिल भएका कारण चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उपचारकै क्रममा उनको मृत्यु हुन पुगेको अर्यालले बताए । अर्यालले भने,‘बिरामीको उपचारमा कसैको पनि लापरवाही भएको छैन । कारागार प्रशासनले समयमै बिरामीलाई अस्पतालमा पुर्‍याएको थियो । अस्पतालका डाक्टरले पनि आइसीयुमा बेड खाली गराएर उपचार गरेकै हुन् । तर, पहिलेदेखि नै अवस्था जटिल भएका कारण डाक्टरले बिरामीलाई बचाउन सकेनन्।’

मृतकका परिवारजन र आफन्तसँग छलफल गरेर उनीहरूको गुनासो सुन्न आफू तयार रहेको प्रजिअ अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैंक तथा शाखालाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको कारण सेवा अस्वीकार गरिएको गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार आफ्नै ...
— कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदका अधुका काम पूरा गर्नुपर्ने बताएका छन् । जिल्लाको भिमाद नगरपालिकामा मंगलबार आयोजित सहिद कल्याण खनालको २३औं स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सहिदहरुले सुरु गरेका अधुरा कार्यलाई अगाडि बढाउनु आजको जिम्मेबारी गरेको बताएका हुन् । ‘हामीले सहिदको योगदान खेर जान दिनुहुन्न,’ उनले भने, ‘ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु ...
— आफूलाई पहिलेझैं महामन्त्रीको जिम्मेवारीमा काम गर्न दिनु पर्ने भन्दै अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै अब उनी कानुनी रुपमा रास्वपाको साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका छन् । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको मंगलबारको इजलासले रिटमाथि अन्तिम सुनुवाइ गर्दै ढकालको मागदाबी ...
— सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया चित्त नबुझेको भन्दै त्यसलाई खारेज गरिपाऊँ भनी पीडितहरुका तर्फबाट परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । त्यसविरुद्ध पीडितहरुले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको मंगलबारको इजलासले ...
— पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम’ (एएनपीआर क्यामरा) जडान गरिएको छ । भैरहवा–भुमही सडक खण्डअन्तर्गत सदरमुकामको व्यस्त हुने बाइपास चोकमा क्यामेरा जडान गरिएको हो । दुर्घटनाको जोखिम बढी भएको हुँदा न्यूनीकरण र विभिन्न घटना, दुर्घटना हुँदा सवारी साधनको पहिचान गर्न अत्याधुनिक क्यामेरा जडान गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । यसअघि ...