मुख्य समाचार
भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा
भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा

: भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा लिइएको छ। उनलाई सोधपुछका लागि अधिकारीहरूले हिरासतमा लिएको द वाल स्ट्रिट जर्नलले जनाएको छ। ६१ वर्षीय ल्यौलाई जुलाईको अन्तिम साता बेइजिङमा 'लगिएको' रिपोर्टमा उल्लेख छ। उनको हिरासतको कारण भने अहिलेसम्म खुलेको छैन।



चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका ल्यौ विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापनमा संलग्न छन्। उनी यसअघि फिलिपिन्स र इन्डोनेसियामा राजदूत तथा विदेश मन्त्रालयको प्रवक्ताको रूपमा कार्यरत रहिसकेका छन्। राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत भ्रष्टाचार नियन्त्रण निकायमा पनि उनले वरिष्ठ भूमिका निभाइसकेका छन्।


यो घटनालाई हालसम्म चिनियाँ कूटनीतिज्ञमाथि भएको उच्चस्तरीय अनुसन्धानको रूपमा हेरिएको छ। सन् २०२३ मा तत्कालीन विदेशमन्त्री छिन काङ हनिट्र्यापमा परेको भन्दै पदच्युत गरिएको थियो।


उनको विभागको वेबसाइटमा उल्लेख भएअनुसार ल्यौलाई अन्तिमपटक २९ जुलाईमा अल्जेरियामा देखिएको थियो। यसअघि उनले अफ्रिकी मुलुकहरू र सिंगापुरमा कूटनीतिक भेटघाट गरेका थिए।

जुलाईको सुरुमा ल्यौले अमेरिकी रक्षा प्रमुखमाथि आलोचना गरेका थिए। उनले अमेरिकी सहयोगीहरूलाई चीनको सामना गर्न सेनाको शक्ति बढाउन आह्वान गरेर 'टकराव र द्वन्द्वलाई उक्साएको' आरोप लगाएका थिए। यस घटनाबारे हालसम्म बेइजिङले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...