मुख्य समाचार
काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न
काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न

: काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ। प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ।



झाँकीसहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखि टुसालसम्म पुगेको थियो। बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्छन्।


किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने गरिन्छ। रोपाई जात्राका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिलगायतले पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो।


विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरूसमेत जात्रामा सहभागी हुन्छन्। धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्वको जात्रा बनेको संस्कृतिविद्हरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम