मुख्य समाचार
टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा ६.१ म्याग्निच्युडको भूकम्प
टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा ६.१ म्याग्निच्युडको भूकम्प

। टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ ।




सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।



राष्ट्रपति रेचेप तैयप एर्दोआनले एक विज्ञप्ति जारी गर्दै मृतक परिवारमा समवेदना र भूकम्पबाट घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुन:स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विपत्तिबाट जोगाउनून्,’ उनले ‘एक्स’मा लेखेका छन् ।

गृहमन्त्री अली येरलिकायाले हाल खोज तथा उद्धार कार्य सकिएको बताएका छन् । उनका अनुसार ठूलो क्षति वा मानवीय हानीको संकेत भेटिएको छैन ।

तर, भूकम्पको केन्द्रविन्दु सिन्डिर्गीका तस्वीरहरूमा ठूला भवनहरू पूर्णरूपमा ढलेका र फलामका बीमसहितको भग्नावशेष थुप्रिएको देखिन्छ ।

टर्की तीन ठूला टेक्टोनिक प्लेटको संगमस्थलमा रहेकोले यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्छ । सन् २०२३ फेब्रुअरीमा आएको ७.८ म्याग्निच्युडको भूकम्पले देशको दक्षिणपूर्वी क्षेत्र ध्वस्त हुँदा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । छिमेकी सिरियामा पनि ५ हजार जनाको ज्यान गएको थियो ।

सो भूकम्प आएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि लाखौं मानिस अझै विस्थापित अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...