मुख्य समाचार
भारत– पाकिस्तानबीचको सैन्य द्वन्द्वका क्रममा भारतीय सेनाले पाकिस्तानका पाँच लडाकु विमान र एउटा ठुलो विमान खसालेको दाबी
भारत– पाकिस्तानबीचको सैन्य द्वन्द्वका क्रममा भारतीय सेनाले पाकिस्तानका पाँच लडाकु विमान र एउटा ठुलो विमान खसालेको दाबी

: भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल एपी सिंहले मे महिनामा भारत– पाकिस्तानबीचको सैन्य द्वन्द्वका क्रममा भारतीय सेनाले पाकिस्तानका पाँच लडाकु विमान र एउटा ठुलो विमान खसालेको दाबी गरेका छन्।



पहलगाम आक्रमणपछि मे ६–७ को राति, भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका अतिवादी शिविरलाई निशाना बनाएको थियो।


यो अपरेशनलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो। यसपछि भारत र पाकिस्तानबीच सैन्य द्वन्द्व भएको हो।


मे १० मा युद्धविराम घोषणा भएपछि द्वन्द्व रोकिएको थियो। त्यतिबेला पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरेको थियो। यसलाई भारतले पूर्ण रूपमा अस्वीकार गरेको हो।

वायुसेना प्रमुखको यो दाबी भारतीय सेनाका दुई शीर्ष अधिकारीको बयान पछि आएको हो। यसमा केही विमान गुमाउने कुरा उल्लेख गरिएको थियो। तीमध्ये एक सीडीएस जनरल अनिल चौहान थिए र अर्को इन्डोनेसियामा भारतीय रक्षा सहचारी थिए। यद्यपि पछि भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै रक्षा सहचारीको बयानलाई सन्दर्भभन्दा बाहिर उद्धृत गरिएको बताएको छ।

अपरेशन सिन्दूर र युद्धविरामको क्रममा भारतीय लडाकु विमान खसालेको विषयमा विपक्षी दलहरूले सरकारलाई निरन्तर घेरेका छन्। हालै संसद्को मनसुन सत्रमा पनि यस विषयमा बहस भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...