मुख्य समाचार
दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ
दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ

। गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

वेम्बलीमा भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।




जहाँ डिन हेन्डरसन नायक बने । उनले लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र हार्भे एलिओटको पेनाल्टी बचाए । यस्तै मोहमद सालाहको पेनाल्टी प्रहार पोष्ट भन्दा बाहिर गयो ।

प्यालेसका लागि जिन फिलिप माटेटा, इस्माइल सार र जस्टिन डेभेनेले पेनाल्टीसुटआउटमा गोल गरे । प्यालेसका एबेरेची एजे र बवर्न सोसाले गोल गर्न सकेनन् ।
लिभरपुलका लागि कोडी गाक्पो र डोमिनिक सोबोजलाईले मात्र गोल गरे ।



प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि अघिल्लो सिजनको प्रिमियर लिग विजेता र एफए कप च्याम्पियन टोलीबीच कम्युनिटी शिल्ड खेल हुने प्रावधान छ ।

लिभरपुलले प्रिमियर लिग र प्यालेसले एफए कप जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...