मुख्य समाचार
बलिउड अभिनेता दीपराजले नेपाली फिल्म खेल्ने
बलिउड अभिनेता दीपराजले नेपाली फिल्म खेल्ने

। बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् ।

सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् ।




उनले यसअघि श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्म ‘कोहिनुर’मा पनि अभिनय गरेका थिए । ‘कोहिनुर’ रिलिजको ११ वर्षपछि राणाले नेपाली फिल्ममा पुनरागमन गर्न लागेका हुन् ।

कथा मन परेको कारण आफू ‘सुख दुःख’मा अभिनय गर्न इच्छुक भएको उनको भनाइ छ । प्रेषित विवरणमा जनाइएअनुसार, कथा सुनेपछि राणा भावुक बनेका थिए । उनको भूमिकाबारे खुलाइएको छैन ।



फागुनदेखि छायांकन तयारीमा रहेको फिल्ममा यसअघि विपना थापा, मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्धित छन् ।

नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म २०८३ सालको दशैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...