मुख्य समाचार
यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दै
यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दै

। भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ ।

खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।




नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको थियो ।

उत्तर कोरियाले साउदी अरेबियालाई १५-० तथा भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ ।



नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (त्यसबेला यू-१९ भनिएको)मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९-० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रोबोट कुकुरहरूले चर्चित अमेरिकी रियालिटी शो ‘अमेरिकाज गट ट्यालेन्ट’मा सानदार प्रस्तुति दिएका छन् । बोस्टन डायनामिक्सले निर्माण गरेका यी रोबोट कुकुरले पहिलोपटक विश्वकै चर्चित रियालिटी शोमा नृत्य गर्दै डेब्यु गरेका हुन् । क्वीन्स ब्याण्डको चर्चित गीत ‘डन्ट स्टप मी नाउ’ गीतमा प्रस्तुति दिएका हुन् । रोबोट कुकुरहरूको हात पनि फ्रेडी मर्करीको गायनमा ‘लिप-सिंक’ गर्न प्रयोग गरिएको ...
। एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो । छनोटमा नेपालले ...
। गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बलीमा भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । जहाँ डिन हेन्डरसन नायक बने । उनले लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र हार्भे एलिओटको पेनाल्टी बचाए । यस्तै मोहमद सालाहको पेनाल्टी प्रहार ...
: टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झन्डा हस्तान्तरण गरेका थिए। त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय ...
। नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । जर्सी प्रायोजन सम्बन्धी आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झाैता भएको हो । अब नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेटको नयाँ जर्सी समेत लन्च गरिएको थियो । राखेप सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुर बहादुर चन्द ...