मुख्य समाचार
रामेछापमा जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रामेछापमा जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

। रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्वास्थ्यकर्मी हुन् ।

दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए ।



हेटौंडा जान लागेको बिएससी ८४६३ नम्बरको गाडी आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटना भएको हो । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ ।

त्यस्तै शनिबार रामेछापकै खाँडादेवी-४ मा पर्ने मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ना६त ९५९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय २५ वर्षीय दिनेश माझी छन् भने १५ वर्षीय विवेक माझी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज महानगरपालिका - २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा बिहान १०:३० बजे मृत्यु भएको हो । प्रहरी र ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार,अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताएका हुन्। कार्यक्रममा ...
: प्रतिनिधिसभा बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि विरोध जनाउँदै बहिष्कार गरेका छन्। बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए। उनले दुई महिनादेखि भिजिट भिसाका नाममा मानव तस्करीका विरुद्ध ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज छलफल गर्दैछन्। प्रधानमन्त्री ओलीले मलको विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएको उनको सचिवालयले जनाएको छ। किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने ...
: स्रोत नखुलेको नगद ५ लाखसहित २ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाखसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ घर भई काभ्रे बनेपा बस्ने २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन्। प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले काभ्रे ...