मुख्य समाचार
झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु
झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु

। प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर पछि ती महिलाका आफन्तले रिफर मागेर हेटौंडा नै लगेका थिए ।




अस्पताल आउँदा उनले सुरुमा काँचो आँप खाएको भनेर झुटो बोलेकी थिइन् । तर, चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनले पाराक्वेट विषादी खाएको पत्ता लागेको थियो ।

विषादी सेवन गरेको सुरुका केही दिन सामान्य समस्या मात्रै देखिए पनि ४/५ दिनपछि असर बढ्दै गएको थियो । विषादीको असर बढ्दै गएर मिर्गौला र कलेजोमा क्षति पुगेको थियो ।



ती महिलाका एक छोरा, एक छोरी र श्रीमान छन् । उनका श्रीमान सवारी चलाउने काम गर्दछन् ।

झार मार्ने रासायनिक विषादीको जथाभावी प्रयोग चिन्ताको विषय बनेको छ । कतिपयले आफ्नो घरको आँगनको झार मार्नसमेत विष छर्किने गरेका छन् । यसले मानव स्वास्थ्य, वातावरण र जीवजन्तुलाई असर पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज महानगरपालिका - २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा बिहान १०:३० बजे मृत्यु भएको हो । प्रहरी र ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार,अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताएका हुन्। कार्यक्रममा ...
: प्रतिनिधिसभा बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि विरोध जनाउँदै बहिष्कार गरेका छन्। बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए। उनले दुई महिनादेखि भिजिट भिसाका नाममा मानव तस्करीका विरुद्ध ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज छलफल गर्दैछन्। प्रधानमन्त्री ओलीले मलको विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएको उनको सचिवालयले जनाएको छ। किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने ...
: स्रोत नखुलेको नगद ५ लाखसहित २ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाखसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ घर भई काभ्रे बनेपा बस्ने २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन्। प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले काभ्रे ...