मुख्य समाचार
सिँचाइ सम्झौता अनुसार भारतसँग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भएको आरोप
सिँचाइ सम्झौता अनुसार भारतसँग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भएको आरोप

। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिँचाइ सम्झौता अनुसार भारतसँग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भएको आरोप लगाएका छन् ।

बाराको कलैयामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीचको सम्झौता अनुसार नेपालले पानी नपाउँदा समेत प्रधानमन्त्री ओली मौन बस्नु राष्ट्रघाती काम उनको आरोप छ ।




मधेसमा पानीको हाहाकार हुँदा किसानले समयमै धानखेती गर्न नपाउँदा मर्कामा परिरहेका बेला नारायणी सिँचाइ आयोजना, कोशी सिँचाइ आयोजनामा आउनुपर्ने पानी नआउँदा समेत प्रधानमन्त्री ओलीले पहल नलिएको बताए ।

‘यही नारायणी नहर बारा जिल्लाको बीच भएर जान्छ, तर पानी छैन । नेपाल र भारतको सम्झौता अनुसार जति दिनुपर्ने हो त्यसको १० प्रतिशत पनि पानी नेपालले पाएको छैन’, उनले भने, ‘आफ्नो हक अनुसार भारतसँग पानी माग्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि होइन ?’



सम्झौताअनुसार पानी माग्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे । उनले भने, ‘केपी ओलीजी तपाईं राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन ? किसानले किन नारायणी सिँचाइबाट आफ्नो भागको पानी पाएन ? किन गण्डक नहरमा पानी आएन ? यसको जवाफ हामीलाई चाहिएको छ ।’

सम्झौता अनुसार पानी पाउनु किसानको हकअधिकार भएको उनले बताए । सरकारले मधेसलाई विपद्‌ संकटग्रस्त क्षेत्र घोषणा गरेको तर राहत प्याकेजको योजना नल्याएको भनेर पनि सरकारको आलोचना गरे ।

आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज महानगरपालिका - २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा बिहान १०:३० बजे मृत्यु भएको हो । प्रहरी र ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार,अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताएका हुन्। कार्यक्रममा ...
: प्रतिनिधिसभा बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि विरोध जनाउँदै बहिष्कार गरेका छन्। बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए। उनले दुई महिनादेखि भिजिट भिसाका नाममा मानव तस्करीका विरुद्ध ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज छलफल गर्दैछन्। प्रधानमन्त्री ओलीले मलको विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएको उनको सचिवालयले जनाएको छ। किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने ...
: स्रोत नखुलेको नगद ५ लाखसहित २ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाखसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ घर भई काभ्रे बनेपा बस्ने २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन्। प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले काभ्रे ...