मुख्य समाचार
चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता
चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता

— उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् ।


'गान्सु क्षेत्रमा अगस्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ । अचानक बाढी आएको छ । अगस्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा वर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,' सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका लागि ‘सक्दो प्रयास’ गर्न आदेश दिएको सीसीटीभीले जनाएको छ ।

‘चरम मौसमको कारण बारम्बार दोहोरिने’ घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति सि चिनफिङले सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अपनाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन आदेश दिएका छन् ।

वेइबोमा चिनियाँ अग्नि नियन्त्रक अधिकारीहरूले साझा गरेको फुटेजमा उद्धारकर्ताहरूले एउटा गाउँमा धमिलो पानीको बहावमा मानिसहरूलाई डोर्‍याइरहेको देखाइएको छ।


गान्सुको सरकारले पोस्ट गरेको फोटोहरूमा सडकहरू बाढीले थुपारेको हिलो माटो र ठूला ठूला ढुंगाहरूले ढाकिएको देखिन्छ ।

चीनमा विशेष गरी वर्षायाममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।



उत्तरी बेइजिङमा गत महिना भएको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको थियो ।

चीन हरितगृह ग्यासको विश्वको सबैभन्दा ठूलो उत्सर्जक हो जसले जलवायु परिवर्तनलाई बढावा दिन्छ र चरम मौसमलाई अधिक बारम्बार र तीव्र बनाउन योगदान पुर्‍याउँछ । चीन विश्वव्यापी नवीकरणीय ऊर्जाका लागि पनि ‘पावर हाउस’ मानिन्छ । चीनले आफ्नो विशाल अर्थव्यवस्थालाई सन् २०६० सम्ममा कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...