मुख्य समाचार
त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण सकिँदै, धमाधम सिट जडान हुँदै, फ्लडलाइट पर्खंदै
त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण सकिँदै, धमाधम सिट जडान हुँदै, फ्लडलाइट पर्खंदै

— प्रधानमन्त्री केपी शर्मा ओली सरकारको मन्त्रिपरिषद् बैठकले गरेको पहिलो निर्णय थियो, ३ सय दिनभित्र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शक बस्न मिल्ने प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान गर्नेलगायत आवश्यक संचरना बनाउने ।


तोकेको समयमा भनेजस्तो काम नभए पनि यतिबेला मैदानलाई क्रिकेट रंगशालामा परिणत गर्ने काम धमाधम भइरहेको छ । सम्झौताअनुसार काम भएको भए वैशाख २४ गते सबै काम सकिएर रातिमा पनि खेल खेलाउन मिल्ने व्यवस्थित संरचना बनिसकेको हुन्थ्यो । तर, समयमा काम नसकिएपछि प्रधानमन्त्री ओलीले निर्माण कम्पनीसँग स्पष्टीकरण नै सोधे । त्यसपछि दुई महिना म्याद थप । तर काम सकिएन । समयमा काम नसकेका कारण सम्झौताअनुसार निर्माण कम्पनीले अहिले दैनिक २ लाख हाराहारीमा जरिवाना तिर्नुपर्ने हुन्छ । त्यसकारण पनि कम्पनीले धमाधम काम अघि बढाइरहेको छ ।

क्रिकेट रंगशालामा १० हजार सिट क्षमताको प्यारापिट निर्माण काठमाडौंको बिकेओआई–केसिडिसी–बिजी जेभीले गरिरहेको छ । कम्पनीका अनुसार रंगशाला पुनर्निर्माणको सम्झौताअनुसार ९० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

१० हजार सिट क्षमताको प्यारापिटमा पूर्वतर्फ ३ हजार सिट र पश्चिमतर्फ ७ हजार सिट जडान गरिनेछ । अब केही सिट राख्ने र रेलिङको मात्र काम बाँकी छ । बाँकी काम १० दिनभित्र सकिने बिकेओआई–केसिडिसी–बिजी जेभीका प्रोजेक्ट डाइरेक्टर भरत गिरी दाबी गर्छन् ।

यता फ्लडलाइट जडानको जिम्मा पाएको ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरको काम भने सुस्त गतिमा छ । युरोपबाट आउनुपर्ने लाइटका सामग्री आउन ढिलाइ भएकाले फ्लडलाइट जडानको काम सुस्त भएको कम्पनीको भनाइ छ । अहिले कामको प्रगति विवरण ६० प्रतिशत भए पनि लाइट आएपछि जडानको काम छिटो हुने र प्रगति विवरण पनि बढ्ने विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रतिनिधि सौरभ शाह बताउँछन् । छ वटा पोलमा फ्लडलाइट जडान गरिने छ । ‘यसका लागि युरोपबाट सामान आउँदैछ,’ साहले भने, ‘एउटा पोलमा ७० वटा लाइट जडान गर्नुपर्छ । त्यस आधारमा सबै पोलमा गरी ४२० लाइट जडान गरिनेछ । सामान आएपछि जडान गर्न समय धेरै लाग्दैन ।’

साहका अनुसार डिजाइनको परिवर्तन, बर्खासँगै पहिलो प्रस्तावित फ्लडलाइटले स्वीकृति नपाएकाले नयाँ प्रक्रियामा जाँदा ढिलो भएको हो । ‘यो नेपालका लागि नयाँ पनि भयो । लाइट आएपछि जडान हुनासाथ ९० प्रतिशत काम सकिन्छ अनि प्राविधिक पाटोमात्र बाँकी रहन्छ,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)का बेला यो रंगशाला हजारौं क्रिकेटप्रेमीको उपस्थिति रहन्छ । दर्शकहरू रुखमा चढेर जोखिमपूर्ण तरिकाले क्रिकेट हेरिरहेको दृश्य भाइरल बनेपछि यहाँ प्यारापिटसहितको व्यवस्थित रंगशाला बन्नुपर्ने माग उठेको थियो । थपिएको अवधिभित्र रंगशाला बनेमा एनपीएलको दोस्रो संस्करणमा दर्शकले आनन्दसँग क्रिकेटको मज्जा लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...