मुख्य समाचार
मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित
मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित

— मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित भइरहेका छन् ।


हालै सार्वजनिक भएको एक सर्वेक्षणअनुसार ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा कृत्रिम बुद्धिमत्ताको सहारा लिने गरेका छन्, जुन संख्या विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो ।

आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा राम्रो निर्णय गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्दै आएका छन् ।

सर्वेक्षणले मलेसियामा ७१ प्रतिशत व्यक्तिहरूले भोजन, लुगा तथा अन्य सामानको विचार लिन कृत्रिम बुद्धिमत्ताले सहयोग गरेको देखाएको छ । यस्तै, ६९ प्रतिशतले आफूले नचिनेका नयाँ सामग्री र ब्रान्ड चिन्न यसले मद्दत गरेको बताएका छन् ।

त्यस्तै, १८ प्रतिशतले आफूले कल्पना गरेको उत्कृष्ट वस्तुको विचार कृत्रिम बुद्धिमत्ताबाट पाएको बताएका छन्। साथै, ६० प्रतिशतले भविष्यमा यस्ता उपकरणमार्फत सिधै सामान खरिद गर्न इच्छुक रहेको बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, 'हामी अहिले सहज प्रविधिबाट बुद्धिमान प्रविधितर्फ जाँदैछौं । अबको समयमा कृत्रिम बुद्धिमत्ता व्यक्तिगत किनमेल सहायकका रूपमा कार्य गर्नेछ– जसले लुगा मिलाउने, नयाँ सामग्री देखाउने र व्यक्तिगत रूपमा सुझाव दिने कार्य गर्नेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम